ट्रम्प असक्षम नेता भएको बाइडेन र ह्यारिसको आरोप « Khabarhub

ट्रम्प असक्षम नेता भएको बाइडेन र ह्यारिसको आरोप


२९ श्रावण २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिका डेमोक्र्याटिक उम्मेदवार  जो बाइडेन र कमला ह्यारिसले राष्ट्रपति डोनाल्ड ट्रम्प असक्षम नेता भएको आरोप लगाएका छन् ।

ट्रम्प असक्षम हुँदा अमेरिका ‘धुजाधुजा’ हुँदै गएको उनीहरुले आरोप लगाएका छन् । अमेरिकाको डेलवरस्थित विल्मिङ्गटनमा भएको चुनावीसभामा बोल्दै बाइडेन र ह्यारिसले ट्रम्पको चर्को आलोचना गरेका हुन् ।

बाइडेनले आफ्नो रनिङ्ग मेटका रुपमा ह्यारिसको नाम घोषणा गरेको भोलिपल्ट बुधबार दुईजनासँगै चुनावी अभियानमा सामेल भएका थिए ।

बाइडेनले सम्बोधनको क्रममा क्यालिफोर्नियाकी सिनेटर ह्यारिस अमेरिकाको प्रमुख पार्टीका तर्फबाट राष्ट्रपति चुनावमा रनिङ्ग मेटका रुपमा प्रस्तुत हुने पहिलो अश्वेत महिला रहेको बताए ।

बाइडेनले भने, ‘आउँदो नोभेम्बरमा हामीले गर्ने छनौटले अमेरिकाको भविष्य धेरै लामो समयसम्मका लागि निर्धारण गर्ने छ । डोनाल्ड ट्रम्पले कमला ह्यारिसमाथि आक्रमण गर्न थालिसके । विभिन्न असभ्य नामहरु दिन थालेका छन्।’

बाइडेनले कोरोना भाइरस महामारी नियन्त्रणका लागि ट्रम्पले गरेको कमजोर प्रयासको पनि आलोचना गरे ।

बाइडेनपछि सम्बोधन गरेकी ह्यारिसले आफू काम गर्नका लागि तयार रहेको बताइन् ।

‘बाराक ओबामा र जो बाइडेनले तयार पारेको अर्थतन्त्रको बलियो आधारमा ट्रम्पले शासन सुर गरे,’ उनले भनिन्, ‘तर, राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न योग्न नै नरहेको व्यक्तिलाई निर्वाचित गर्दा अवस्था खस्कियो, जुन परिणामबाटै पुष्टि भएको छ ।’

पूर्वउपराष्ट्रपति रहेका बाइडेनले आउँदो नोभेम्बर ३ मा हुने चुनावमा रिपब्लिकन राष्ट्रपति ट्रम्पको सामना गर्ने छन् भने ह्यारिसले उपराष्ट्रपति पदको उम्मेदवारी दिएकी छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  ८ : ३९ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा