चीनले गर्‍यो भारतीय सीमा नजिक युद्ध अभ्यास « Khabarhub

चीनले गर्‍यो भारतीय सीमा नजिक युद्ध अभ्यास


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतसँग सीमा विवाद बढिरहेका बेला चीनले सीमा क्षेत्रमा युद्ध अभ्यास गरेको खुलेको छ ।

चीनले भारतीय सीमा क्षेत्र नजिक तोपगोला प्रयोग गरी युद्ध अभ्यास गरेको सीसीटीभीले जनाएको छ।

चिनियाँ सेनाको तिब्बत सैन्य क्षेत्रमा गत महिनाको अन्त्यमा ४ हजार ६ मिटरको उचाइमा क्षेप्यास्त्र प्रहारसहितको अभ्यास गरेको हो ।

गत जुन १५ मा दिन दुई देशका सैनिकबीच लद्दाखको गलवान क्षेत्रमा झडप हुँदा २० भारतीय सैनिकको ज्यान गएपछि भारतले सीमा क्षेत्रमा सुरक्षा तैनाथी बढाएपछि चीनले पनि सैन्य अभ्यास गरेको हो ।

चिनिया जनमुक्ति सेनाले १२२ एमएको सवारी साधनमा राखेर पड्काउन मिल्ने होवित्जर तोप र एचजे–१० एन्टी ट्यांक क्षेप्यास्त्र प्रहार गरेर अभ्यास गरेको बताइएको छ ।

उता भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावतले पनि चीनविरूद्ध लड्न परे भारतीय सेना तयारी अवस्थामा रहेको बताइसकेका छन् ।

भारतको संसदीय समितिलाई सेनाको अवस्थाबारे जानकारी दिने क्रममा रावतले भारत-चीन सीमाको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनलाई टक्कर दिन भारतीय सेना तयार रहेको जनाएका थिए ।

 

 

 

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  १० : २४ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा