चीनले गर्‍यो भारतीय सीमा नजिक युद्ध अभ्यास « Khabarhub

चीनले गर्‍यो भारतीय सीमा नजिक युद्ध अभ्यास


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतसँग सीमा विवाद बढिरहेका बेला चीनले सीमा क्षेत्रमा युद्ध अभ्यास गरेको खुलेको छ ।

चीनले भारतीय सीमा क्षेत्र नजिक तोपगोला प्रयोग गरी युद्ध अभ्यास गरेको सीसीटीभीले जनाएको छ।

चिनियाँ सेनाको तिब्बत सैन्य क्षेत्रमा गत महिनाको अन्त्यमा ४ हजार ६ मिटरको उचाइमा क्षेप्यास्त्र प्रहारसहितको अभ्यास गरेको हो ।

गत जुन १५ मा दिन दुई देशका सैनिकबीच लद्दाखको गलवान क्षेत्रमा झडप हुँदा २० भारतीय सैनिकको ज्यान गएपछि भारतले सीमा क्षेत्रमा सुरक्षा तैनाथी बढाएपछि चीनले पनि सैन्य अभ्यास गरेको हो ।

चिनिया जनमुक्ति सेनाले १२२ एमएको सवारी साधनमा राखेर पड्काउन मिल्ने होवित्जर तोप र एचजे–१० एन्टी ट्यांक क्षेप्यास्त्र प्रहार गरेर अभ्यास गरेको बताइएको छ ।

उता भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावतले पनि चीनविरूद्ध लड्न परे भारतीय सेना तयारी अवस्थामा रहेको बताइसकेका छन् ।

भारतको संसदीय समितिलाई सेनाको अवस्थाबारे जानकारी दिने क्रममा रावतले भारत-चीन सीमाको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनलाई टक्कर दिन भारतीय सेना तयार रहेको जनाएका थिए ।

 

 

 

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  १० : २४ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले