यूएईस्थित नेपाली दूतावासको चेतावनी : नेपालीलाई अलपत्र पार्नेलाई कारबाही गर्छौ « Khabarhub

यूएईस्थित नेपाली दूतावासको चेतावनी : नेपालीलाई अलपत्र पार्नेलाई कारबाही गर्छौ


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : सयुक्त अरब इमिरेट्स युएईलगायत तेस्रो मुलुकमा आकर्षण तलव सुविधाको प्रलोभन देखाई भ्रम सिर्जना गरी भिजिट भिसा वा अन्य भिसामा ल्याई ठग्ने र आधिकारिक निकायबाट सत्यतथ्य नबुझी गलत सूचनाको प्रलोभनमा परी ठगिने क्रम बढेको प्रति यूएईस्थित नेपाली दूतावासको गम्बिर ध्यानाक्रषण भएको जनाएको छ ।

हालै नेपालस्थित एक मेनपावर कम्पनीमा काम गर्ने व्यक्तिले बेलायत लैजाने प्रलोभनमा पारी जनही ९ लाख रूपैया लिई हाल यूएईमा रहेको एक व्यक्तिको जिम्मा लगाएको, तर यूएई आएपछि बेलायत पठाउन नसकिने भन्दै यूएईमै राम्रो रोजगारी लगाई दिने भनि पासपोर्ट र अन्य कागजजात समेत सो व्यक्तिले जफत गरेको दूतावासले जनाएको छ ।

तर, उक्त रोजगारीको लागि तयार पारीएको अफर लेटर र भिसा नक्कली भएको जानकारी पाएपछि नेपाल फर्कन आफ्नो पासपोर्ट माग्दा निज व्यक्तिले पासपोर्ट बोलाई सांघातिक हमला गर्न लगाई, पासपोर्ट भने नदिएको र आफू ठगीमा परेको बेहोरा सहितको निवेदन दूतावासलाई प्राप्त भएको जनाएको छ ।

यस किसिमको ठगी धन्दामा सहभागी नहुने सबैलाई अनुरोध गर्दै दूतावासले यस्ता क्रियाकलापमा संलग्न जोहोहीलाई पनि प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

साथै, बैदेशिक रोजगारीमा आउदा आधिकारिक निकायहरुबाट सत्यतथ्य बुझी प्रचलित कानुन बमोजिम नेपाल सरकारबाट श्रम स्वीकृति लिएर मात्रै आउन समेत दूतावासले अनुरोध गरेको छ ।

केहि दिन अघि पिडितहरु मनोहर केसी र टिकाराम बोहोराले आफूहरु लगायत अन्य धेरैलाई बेलायत पठाईदिने भन्दै यूएई ल्याएर अलपत्र पारेको तथा न्याय माग्दा उल्टै दलालबाट कुटिएको भन्दै न्यायका लागि दूतावासमा निवेदन दिएका थिए ।

काठमाण्डौ स्थित तीनजुरे ईम्प्लोइमेन्ट सर्भिसेज प्रालीकी जनसंपर्क अधिकृत सिर्जना अधिकारी र दुबइ बस्ने श्याम थापामार्फत ६३ जना नेपालीहरुलाई बेलायत लैजाने भन्दै अहिले यूएई पुर्याएर अलपत्र पारेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ११ : ०९ बजे

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान