ब्याडमिन्टनमा हिनामिना भएको भन्दै अख्तियारमा उजुरी, संघले बुझायो विवरण « Khabarhub

ब्याडमिन्टनमा हिनामिना भएको भन्दै अख्तियारमा उजुरी, संघले बुझायो विवरण


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले मोरङ जिल्ला ब्याडमिन्टन संघलाई पत्र काटेको छ ।

२०७५/०७६ मा मोरङ जिल्ला ब्याटमिन्टन संघलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यु–१७ जुनियर इन्टरनेसनल प्रेसिडेन्ट कप आयोजनाका लागि विनियोजन गरेको २० लाख रुपैयाँलाई लिएर अख्तियारले पत्र काटेको हो।

पत्रमा अख्तियारले राखेपको २० लाखसहित विभिन्न संघ संस्थाबाट उठाएको चन्दा समेतको हिनामिना भएको भन्दै उजुरी परेपछि राखेपलाई पत्राचार गर्दै संघबाट सबै हिसाबकिताब बुझी पठाउनु भन्ने उल्लेख गरेको छ ।

‘राखेपले मोरङ जिल्ला संघलाई के कति र कुन प्रयोजनका लागि बजेट दिइएको हो ?’ भन्दै अख्तियारले राखेपको नाममा पत्र काटेको थियो ।

उक्त प्रतियोगिता आयोजना गर्दा हिनामिना भएको र त्यसमा लवभक्त श्रेष्ठ सम्लग्न रहेको स्रोतको दाबी छ । श्रेष्ठ त्यतिबेला राखेपका कर्मचारी थिएसँगै मोरङ जिल्ला संघका सचिव र केन्द्रमा सह महासचिव छन् ।

हाल श्रेष्ठ राखेपबाट निवृतभरण पाइसकेका छन् । भने हिनामिनाको आरोप लागेका श्रेष्ठ यसलाई विरोधिहरुको कामका रुपमा अथ्र्याउँछन् ।

‘हामी काम गर्ने मान्छे हौं । काम नगर्नेहरुलाई हामीले गरेको काम मन परेन होला । त्यो प्रतियोगिताको अडिट रिर्पोट, महालेखापरिक्षण गरेको सबै अख्तीयारलाई पठाइसकेका छौं,’ श्रेष्ठले भने ।

‘हामीले उक्त पत्रको जवाफ फर्काएको १० दिन जति भयो,’ उनले भने ।

राखेपले बजेट विनियोजन गरेको प्रतियोगिता आयोजना गर्न २२ लाख खर्च भएको श्रेष्ठले बताएका छन् । जसमा लागि राखेपले दिएको २० मध्येबाट पाएको १७ लाख र स्थानीयको सहयोगबाट उठेको ६ लाख गरी प्रतियोगिता सम्पन्न गरेको उनी बताउँछन् ।

उक्त प्रतियोगिताको संयोजकको रुपमा काम गरेका विनोद डाँगी भन्छन्, ‘अतर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न राखेपको १७ लाखले पुग्ने थिएन । त्यसका लागि चन्दा संकलन गरिएको हो ।’

प्रतियोगिता जिल्ला खेलकुद परिषद्को कर्भडहलमा सफलता साथ सम्पन्न भएको तर, विरोधि पक्षले यसलाई पटक पटक विवादमा तान्ने काम गरेको उनी भन्छन् ।

त्यसको पछिल्लो वर्ष अर्थात् २०७६/०७७ मा पनि उक्त प्रतियोगिताका लागि राखेपले १० लाख पठाएको तर, विवाद हुन्छ भनेर आफुहरुले नगरेको जिल्ला संघका अध्यक्ष कौरव बस्नेतले बताएका छन्।

‘केही पैसा बचेको होला । हिनामिना भएको छैन,’ अध्यक्ष बस्नेतले भने, ‘ब्याडमिन्टनको जिल्लाको चुनाव असोजमा हुँदैछ ।’

अख्तियारमा पत्र पर्नलाइै आगामि चुनावका लागि लाइन बनाएको हुनसक्ने उनले बताएका छन् ।मोरङ जिल्ला संघको चुनावि साधारण सभा असोजमा हुने उनले बताएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ११ : ३६ बजे

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस

दाङमा ट्राफिक प्रहरीबाट एक वर्षमा एक करोड ५० लाख बढी राजश्व सङ्कलन

दाङ– ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२–०८३मा ट्राफिक

इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई

आन्तरिक राजस्व कार्यालय विराटनगरबाट दश अर्ब राजस्व सङ्कलन

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२–८३ मा १०