बुटवलमा भदौ ५ सम्म लकडाउन « Khabarhub

बुटवलमा भदौ ५ सम्म लकडाउन

बुटबल भित्रिने र बाहिरिनेलाई २४ घण्टा समय


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– समुदायस्तरमा कोरोना संक्रमण फैलिन थालेपछि बुटवल उपमहानगरपालिकाले बुटवल नगरक्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।

प्रदेश ५ आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको उपस्थितिमा बुधबार भएको उपमहानगरको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले बिहीबार राति ११.४५ बजेदेखि आगामी भदौ ५ गते राति ११.४५ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

उपमहानगरका मेयर शिवराज सुवेदीको अध्यक्षतामा भएको उक्त बैठकमा सुरक्षा निकायका र राजनीतिक दलका प्रतिनिधिहरु समेत सहभागी थिए ।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माका अनुसार बैठकले बुटवलबाट बाहिर जाने र बुटवल भित्रिनेहरूका लागि २४ घण्टाको समय दिएको छ ।

लकडाउन अवधिमा अत्यावश्यक सेवाका क्षेत्रहरूमात्र खुला रहनेछन् । खाद्यान्न, दुध तथा तरकारी ढुवानी र बिक्री खुला रहनेछ । बुटवल हुँदै चल्ने लामो दूरीका सवारीका साधानलाई बुटवलमा यात्रु ओराल्न नपाउने गरी सञ्चालन गर्न दिइनेछ ।

ढुवानीका साधनहरूलाई विशेष सुरक्षा अपनाएर सामान उठाउन र झार्न दिइनेछ । उद्योगमा काम गर्ने कर्मचारी तथा कामदारहरूलाई बाहिर निस्कन नपाउने गरी स्वास्थ्य सुरक्षा अपनाई उद्योग सञ्चालन गर्न दिइने भएको छ ।

यसैगरी लकडाउन अवधिमा उपमहानगर कार्यालय तथा सबै वडा कार्यालरूबाट हुने अत्यावश्यक बाहेकका सबै सार्वजनिक सेवा बन्द गरिने भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत शर्माले दिएको जानकारीअनुसार बैंक तथा वित्तीय संस्थाहरुले अधामात्रै कर्मचारी बोलाएर कार्यालय सञ्चालन गर्न पाउनेछन् ।

लकडाउन अवधिमा सार्वजनिक, निजी तथा सरकारी सवारीका साधनसमेत अत्यावश्यकबाहेक चलाउन पाइने छैन ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि अत्यावश्यक सेवाबाहेक अरू सञ्चालन नर्गन एक विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  १२ : ४९ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार