बुटवलमा भदौ ५ सम्म लकडाउन « Khabarhub

बुटवलमा भदौ ५ सम्म लकडाउन

बुटबल भित्रिने र बाहिरिनेलाई २४ घण्टा समय


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– समुदायस्तरमा कोरोना संक्रमण फैलिन थालेपछि बुटवल उपमहानगरपालिकाले बुटवल नगरक्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।

प्रदेश ५ आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको उपस्थितिमा बुधबार भएको उपमहानगरको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले बिहीबार राति ११.४५ बजेदेखि आगामी भदौ ५ गते राति ११.४५ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

उपमहानगरका मेयर शिवराज सुवेदीको अध्यक्षतामा भएको उक्त बैठकमा सुरक्षा निकायका र राजनीतिक दलका प्रतिनिधिहरु समेत सहभागी थिए ।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माका अनुसार बैठकले बुटवलबाट बाहिर जाने र बुटवल भित्रिनेहरूका लागि २४ घण्टाको समय दिएको छ ।

लकडाउन अवधिमा अत्यावश्यक सेवाका क्षेत्रहरूमात्र खुला रहनेछन् । खाद्यान्न, दुध तथा तरकारी ढुवानी र बिक्री खुला रहनेछ । बुटवल हुँदै चल्ने लामो दूरीका सवारीका साधानलाई बुटवलमा यात्रु ओराल्न नपाउने गरी सञ्चालन गर्न दिइनेछ ।

ढुवानीका साधनहरूलाई विशेष सुरक्षा अपनाएर सामान उठाउन र झार्न दिइनेछ । उद्योगमा काम गर्ने कर्मचारी तथा कामदारहरूलाई बाहिर निस्कन नपाउने गरी स्वास्थ्य सुरक्षा अपनाई उद्योग सञ्चालन गर्न दिइने भएको छ ।

यसैगरी लकडाउन अवधिमा उपमहानगर कार्यालय तथा सबै वडा कार्यालरूबाट हुने अत्यावश्यक बाहेकका सबै सार्वजनिक सेवा बन्द गरिने भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत शर्माले दिएको जानकारीअनुसार बैंक तथा वित्तीय संस्थाहरुले अधामात्रै कर्मचारी बोलाएर कार्यालय सञ्चालन गर्न पाउनेछन् ।

लकडाउन अवधिमा सार्वजनिक, निजी तथा सरकारी सवारीका साधनसमेत अत्यावश्यकबाहेक चलाउन पाइने छैन ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि अत्यावश्यक सेवाबाहेक अरू सञ्चालन नर्गन एक विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  १२ : ४९ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा