मलेशियामा कार्यरत ११ नेपाली खर्च अभावमा अलपत्र « Khabarhub

मलेशियामा कार्यरत ११ नेपाली खर्च अभावमा अलपत्र


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर- मलेशियाको एक कम्पनीमा कार्यरत ११ नेपाली पाँच महिनादेखि अलपत्र परेका छन् । अल्फा कम्पनीमा कार्यरत सबैको पाँच महिनाअघि नै भिसा म्याद सकिएकाले अलपत्र परेको सोलुखुम्बु घर भई त्यहाँ कार्यरत घनश्याम श्रेष्ठले जानकारी दिए ।

नेपालमा गरिएको लकडाउन तथा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा नेपाल आउन नसकेको उनको भनाइ छ । पाँच महिनादेखि बिनारोजगार कोठामा बसिरहँदा खर्च अभाव भएको उनले बताए ।

‘पाँच महिनादेखि काम गर्न पाएको छैन’, श्रेष्ठले भने, ‘मलेशियास्थित नेपाली दूतावासमा अनलाइनमार्फत नेपाल आउन पटकपटक फर्म भर्यो तर नियमित उडान नहुँदा महङ्गो पर्ने भन्दै कम्पनीले पठाउन मान्दैन ।’

नियमित उडानका लागि भनेर कम्पनीले टिकटसमेत खरिद गरिसकेको उनको भनाइ छ । चार्टर्ड उडानका लागि करिब ५० प्रतिशत रकम थप गर्नुपर्ने भएकाले खर्च नहुँदा समस्या भएको भन्दै उनले सहयोगका लागि अनुरोध गरे ।

मलेशियाबाट नेपाल आउनका लागि नियमित उडानमा छ सयदेखि सात सय रिङ्गेट लाग्छ भने चार्टर्ड उडानमा एक हजार ५९० रिङ्गेट पर्ने उनको भनाइ छ ।

विमानस्थल पुग्न छ घण्टा हिँड्नुपर्ने र त्यसको लागि ७० रिङ्गेट तथा कोरोना परीक्षणका लागि ३५० रिङ्गेट खर्च लाग्ने हुँदा समस्या भएको अर्का नीरकुमार तामाङले बताए । कम्पनीले खर्च नबेहोर्दा नेपाल आउन उनीहरुले रु ५६ हजार ७९ तिर्नुपर्ने हुन्छ ।

खान र बस्नका लागि कम्पनीले व्यवस्था गरेको भए पनि कम्पनीले दिने खाद्यान्नले नपुग्ने विकास विश्वकर्माले बताए । नौ जनालाई हप्तामा २० केजी चामल दिने भए पनि अपुग हुँदा किन्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । नेपाली दूतावासलाई भनेपछि एक महिनायता मात्रै व्यस्था गरेको उनीहरुको भनाइ छ ।

खानाकै लागि एक जनालाई ४०० रिङ्गेट खर्च हुने घनश्याम श्रेष्ठ बताउँछन् । अहिले त्यस क्षेत्रमा पनि कोरोना देखिन थालेकाले जोखिम बढेको भन्दै उद्धारका लागि अनुरोध गर्नुको विकल्प नभएको उनले बताए । अब खानाकै लागि नेपालबाट खर्च मगाउनुपर्ने अवस्था आएको उनीहरुको गुनासो छ ।

अलपत्र पर्नेमा झापाका नीरकुमार, धरानका विकास र राजु विश्वकर्मा, भक्तपुरका निख पौडेल, चितवनका सुन्दर माल, बाग्लुङका अम्मर आचार्य र अमृत गुरुङ, गोर्खाका भीमबहादुर मगर, सिरहा लहानका बद्रीप्रसाद यादव र सोलुखुम्बुका घनश्याम रहेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  १ : ४८ बजे

हिउँदे वर्षा नहुँदा किसान चिन्तित

भोजपुर– हिउँदे वर्षा नहुँदा भाेजपुरका किसान चिन्तित भएका छन् ।

सुन्तला बेचेर २० लाख रुपैयाँ आम्दानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष

विश्वकपमा आज तीन भिडन्त : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत सोमबार तीन खेल हुँदैछन्।

आज दिनभर एमाले अध्यक्ष ओली दमकमा व्यस्त

दमक – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सोमबार दिनभर

मुग्लिन–मलेखु सडकमा कालोपत्र गरिँदै

चितवन– पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम