पूर्वी नवलपरासीमा पुनः लकडाउन, तीजमा चेलीबेटीले हिडडुल गर्न पाएनन् « Khabarhub

पूर्वी नवलपरासीमा पुनः लकडाउन, तीजमा चेलीबेटीले हिडडुल गर्न पाएनन्


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम झनै बढेको भन्दै पूर्वी नवलपरासी जिल्लामा पुनः लकडाउन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले बिहीबार साउन २९ गतेदेखि भदौ ६ गतेसम्म जिल्लामा पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको हो ।

यसअघि जिल्लाभित्र ट्राभल हिस्ट्री भएकालाई मात्रै संक्रमण देखिएकोमा बुधबार ट्राभलहिस्ट्री नभएका सञ्चारकर्मी र बैंकका कर्मचारीलाई कोरोना परीक्षण रिपोर्टमा कोरोना संक्रमण देखिएकाले जिल्लामा लकडाउन गर्नुपरेको जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले जनाएको छ ।

यस्तै, बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म हिडडुल, आवतजावतमा पनि रोक लगाइएको छ ।

जिल्लाभित्र सञ्चालित बैंक, बित्तीय संस्था एवम् सहकारीहरुले अधिकतम रुपमा विद्युतीय माध्यामबाट सेवा दिन जोड दिने तथा मानिसको भौतिक उपस्थितिमा दिइने सेवाहरु भदौ ६ गतेसम्म स्थगन गर्ने ब्यवस्था सम्बन्धित संस्थाको प्रमुखले मिलाउने जिल्ला प्रशासन कार्यालयद्वारा बिहीबार जारी गरिएको सूचनामा उल्लेख छ ।

बुधबार कावासोतीमा रहेको रेडियो सामथ्र्यका सञ्चालक सागर पोखरेल र प्रभु बैंकका एक कर्मचारीमा संक्रमण पुष्टी भएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  २ : ३४ बजे

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण