पूर्वी नवलपरासीमा पुनः लकडाउन, तीजमा चेलीबेटीले हिडडुल गर्न पाएनन् « Khabarhub

पूर्वी नवलपरासीमा पुनः लकडाउन, तीजमा चेलीबेटीले हिडडुल गर्न पाएनन्


२९ श्रावण २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम झनै बढेको भन्दै पूर्वी नवलपरासी जिल्लामा पुनः लकडाउन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले बिहीबार साउन २९ गतेदेखि भदौ ६ गतेसम्म जिल्लामा पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको हो ।

यसअघि जिल्लाभित्र ट्राभल हिस्ट्री भएकालाई मात्रै संक्रमण देखिएकोमा बुधबार ट्राभलहिस्ट्री नभएका सञ्चारकर्मी र बैंकका कर्मचारीलाई कोरोना परीक्षण रिपोर्टमा कोरोना संक्रमण देखिएकाले जिल्लामा लकडाउन गर्नुपरेको जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले जनाएको छ ।

यस्तै, बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म हिडडुल, आवतजावतमा पनि रोक लगाइएको छ ।

जिल्लाभित्र सञ्चालित बैंक, बित्तीय संस्था एवम् सहकारीहरुले अधिकतम रुपमा विद्युतीय माध्यामबाट सेवा दिन जोड दिने तथा मानिसको भौतिक उपस्थितिमा दिइने सेवाहरु भदौ ६ गतेसम्म स्थगन गर्ने ब्यवस्था सम्बन्धित संस्थाको प्रमुखले मिलाउने जिल्ला प्रशासन कार्यालयद्वारा बिहीबार जारी गरिएको सूचनामा उल्लेख छ ।

बुधबार कावासोतीमा रहेको रेडियो सामथ्र्यका सञ्चालक सागर पोखरेल र प्रभु बैंकका एक कर्मचारीमा संक्रमण पुष्टी भएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  २ : ३४ बजे

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा