विकटका १२३ गर्भवती तथा सुत्केरीको हवाई उद्धार | Khabarhub Khabarhub

विकटका १२३ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

कसले पाउँछ सेवा ? कसरी लिने ?


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । गत बिहीबार सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ६ की पासाङ लामालाई सुत्केरी व्यथा लाग्यो । व्यथा लागेपनि बच्चा जन्माउन नसकेपछि आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था जोखिमपूर्ण बन्यो ।

तत्काल गाउँका एक व्यक्तिले राष्ट्रपति महिला उत्थान् कार्यक्रमको हटलाइनमा सम्पर्क गरे ।

काठमाडौंबाट तत्काल हेलिकप्टर सिन्धुपाल्चोक पुग्यो र पासाङलाई थापाथलीस्थित परोपकार प्रसूति गृह पुर्‍यायो । केही समयपश्चात उनले सकुशल शिशु जन्माइन् ।

त्यस्तै गत बिहीबार नै माग्दीको दुर्गम धवलागिरि गाउँपालिकाकी गर्भवती २३ वर्षीया फुलमायाँ सुनारलाई सुत्केरी व्यथा लाग्यो । स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत उद्धार गरी पश्चिमाञ्चलको क्षेत्रीय अस्पताल पोखरा पुर्‍याइएको थियो ।

कोरोना भाइरसबाट सिर्जित लकडाउनका कारण लामो दूरीका सवारी साधन अझैं सञ्चालनमा आउन सकेका छैनन् भने आन्तरिक तथा बाह्य उडानहरु ठप्प छन् ।

कोरोना भाइरसबाट संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । यस समयमा संक्रमण फैलने त्रासले मानिसहरु रोगलाई समेत लुकाएर घरमै बस्न बाध्य छन् ।

तर राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ३४ वटा दुर्गम जिल्लाबाट जोखिममा रहेका सुत्केरी तथा गर्भवती महिलाको हवाईमार्फत उद्धार गरिरहेको छ ।

चैत्र ११ गतेदेखि हालसम्म ३५ जना महिलाको हवाई उद्धार गरेको कार्यक्रमकी समन्व इकाई प्रमुख अञ्जु ढुंगानाले खबरहबलाई जानकारी दिइन् ।

‘लकडाउनमा मात्र २५ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार भयो’ इकाईकी प्रमुख ढुंगानाले भनिन्, ‘साउन १ गतेदेखि २९ गतेसम्म १० जनाको उद्धार भएको छ ।’

लकडाउनमा गर्भवती तथा सुत्केरी महिलाहरु उद्धार प्रभावकारी बनेको बताउँदै उनले भनिन्, ‘यो कार्यक्रम अन्य समयमा पनि प्रभावकारी नै बनेको छ । त्यसमाथि लकडाउनमा उडान र सवारी दुवै बन्द हुँदा नियमित जस्तो उद्धार कार्य भइरहेको छ।’

‘हिमाली तथा पहाडका दुर्गम जिल्लाहरुमा जहाँ सडक सञ्जाल पुगेको छैन, त्यस्ता स्थानहरुका महिलाको उद्धार गर्ने र ज्यान बचाउने उद्देश्यले नै यो कार्यक्रम सञ्चालनमा आएको हो’, उनले भनिन् ।

वि.स. २०७५ पुस ६ गते हुम्ला चंखेली गाउँपालिकाकी २२ वर्षीया नीरा शाहीको पहिलो पटक उद्धार गरेर यो कार्यक्रमको सुरुवात गरिएको थियो ।

कार्यक्रम सञ्चालन भएदेखि हालसम्म दुर्गम भेगका १२३ जना महिलाको उद्धार गरिएको छ ।

यसरी उद्धार गरिएका महिलाहरुको उपचारका लागि ७ वटै प्रदेशका अस्पतालहरु तोकिएको छ । जसमा प्रदेश नम्बर १ को कोशी अञ्चल अस्पताल, प्रदेश नम्बर २ को सगरमाथा अञ्चल अस्पताल, प्रदेश नम्बर ३ को परोपकार प्रसूति अस्पताल थापाथली, गण्डकी प्रदेशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा तोकिएको छ ।

त्यस्तै प्रदेश नम्बर ५ को लुम्बिनी अञ्चल अस्पताल बुटवल र भेरी अञ्चल अस्पताल बाँके, कर्णाली प्रदेशको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेत, सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पताल तोकिएको छ ।

यद्यपि बिरामीको अवस्था नाजुक भएमा तथा तोकिएको प्रादेशिक अस्पतालमा उपचार सम्भव नहुँदा भने परोपकार प्रसूति गृह थापाथली ल्याइने गरेको प्रमुख ढुगांनाले बताइन ।

हालसम्म दार्चुला, बैतडी, मुगु, डोटी, अछाम, जाजरकोट, दैलेख, कालीकोट, जुम्ला, हुम्ला, म्याग्दी, ताप्लेजुङ, रसुवा, संखुवासभा, भोजपुर, पाँचथर, तेह्रथुम, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, मनाङ, रोप्ला, सल्यान, रुकुम पुर्व र रुकुम पश्चिमलगायत सडक सञ्जाल नपुगेका हिमाली तथा पहाडी भेगमा यो कार्यक्रम पुर्ण रुपमा सञ्चालन गरिएको छ ।

त्यस्तै सिन्धुपाल्चोकको पाँचपोखरी थामपालथाप, हेलम्बु र जुगल गाउँपालिका, धादिङको रुबीभ्याली गाउँपालिका, गोरखाको सुलिकोट, आरुघाट, सिरानचोक, गण्डकी, अजिरकोट, धार्चे र चुमनब्री गाउँपालिका र बाग्लुङको ढोरपाटन, जैमुनी र गलकोट नगरपालिका तथा बढिगाड, निसिखोला, बरेङ, ताराखोला, काँठेखोला र तमानखोला गाउँपालिकामा आशिंक रुपमा सञ्चालन भएको ढुगांनाले बताइन् ।

कसले पाउँछ यो सुविधा

लगातार लामो प्रश्रव व्यथा लागि बच्चा जन्माउन कठिनाई भएको ।
गर्भमा नै बच्चाको मृत्यु भएको ।
गर्भवती अवस्थामा अत्याधिक शरीर सुनिएको ।
सुत्केरी भएपछि अत्याधिक रक्तश्राव भएको ।
स्थानीय स्तरका स्वास्थ्य संस्थाबाट उपचार हुन नसकेका सुत्केरी तथा गर्भवतीले यस्तो सेवा पाउँछन् ।

कसरी लिने सेवा ?

सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको सिफारिस पत्रका साथ हवाई उद्धारका लागि सुचना दिने ।
सम्बन्धित महिलाको नागरिकताको प्रतिलिपि र स्थानीय स्वास्थ्य संस्थाको नागरिकताको प्रतिलिपि चाहिने छ ।
साथै हवाई उद्धारका लागि ९५५१२५५२५४ हटलाईन नम्बरमा सम्पर्क गर्न सकिन्छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ३ : २४ बजे

कतारविरुद्ध नेपालको खराब ब्याटिङ, ६० रन जोड्दा गुमायो तेस्रो विकेट

ओमान – आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर

मृतकको शव लिन गाजापट्टी पुग्यो रेडक्रसको टोली

गाजा – गाजाको दक्षिणी क्षेत्रमा अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी)को टोली हमासले

कर्जा सुविधा दुई महिना थप गर्न व्यवसायीको माग

काठमाडौं – नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँले मुलुकको विषम परिस्थितीलाई

प्रकाश सपुतलाई प्रश्न : फिल्ममा आफ्नो अभिनय क्षमताको आत्मसमीक्षा के हो ?

काठमाडौं – पछिल्लाे समय गायनमा कम सक्रिय देखिएका प्रकाश सपुत

रोक्नै पर्ने जिद्दी गर्दैछन् ओली : पर्ख र हेरको अवस्थामा भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको रोकिएको सदस्यता नवीकरणबारे नेकपा एमालेले आइतबारको