ओली–दाहाल वार्ता सकारात्मक भनिए पनि सहमति भएन « Khabarhub

ओली–दाहाल वार्ता सकारात्मक भनिए पनि सहमति भएन


२९ श्रावण २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी भनिएका द्वितीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नौ दिनपछि भएको वार्ता ठोस निष्कर्ष विनै सकिएको छ ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच झण्डै चार घण्टा भएको वार्ता सकारात्मक भएको तर पनि ठोस सहमति भने नभएको जानकारी दिए ।

‘सालाखाला ४ घण्टा अध्यक्षद्वयबीच भएको छलफल समस्या समाधानउन्मुख भएको छ तर, अहिलै ठोस सहमति बनिसकेको छैन, छलफललाई निरन्तरता दिने समझदारी भएको छ,’ सापकोटाले भने ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच पौने ११ बजे सुरू भएको वार्ता पौने ३ बजे सकिएको थियो ।

आजको वार्तामा महाधिवशेन आयोजक कमिटी गठन गर्ने र अहिलेको केन्द्रीय कमिटी भङ्ग गर्ने लगायका विषयमा छलफल भएको ओली निकट स्रोतले जनाएको छ ।

महामारीका बेला पार्टीभित्र देखिएको खिचातानीले जनमानसमा गलत सन्देश गएको र पार्टी जीवनलाई नै क्षति पुर्‍याउने काम भएकाले समझदारीका साथ अघि बढ्न दुई अध्यक्ष एकमत भएको ओली निकट स्रोतले बताएको छ ।

असार १० सुरु भएको स्थायी कमिटी बैठक निचोड नपुग्दै बीचैमा  भाँडिएपछि नेकपाभित्र गतिरोध उत्पन्न भएको छ ।

ओलीले प्रधानमन्त्री र अध्यष दुईमध्ये एक पद छाड्नुपर्ने दाहालको र कुनै पनि पद नछाड्ने ओलीको अडानले नेकपाको विवाद चरमोत्कर्षमा छ । तत्कालै दुबै पद छाड्नुभन्दा चाँडो महाधिवेशन गर्नु उपयुक्त हुने ठानेका ओलीले पछिल्ला छलफलमा नेकपा विवादलाई महाधिवेशनतिर केन्द्रित गराएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  ३ : ४७ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का