आज थपिए ५२५ कोरोना संक्रमित, १०९ डिस्चार्ज (विवरणसहित) « Khabarhub

आज थपिए ५२५ कोरोना संक्रमित, १०९ डिस्चार्ज (विवरणसहित)

नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुग्यो


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा विहीबार थप ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या ८ हजार २५ छ भने १४ हजार ७६९ जना क्वारेन्टाइनमा रहेका छन् ।

कहाँ कति थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १११ , ललितपुरका ११ , भक्तपुरका ५, धनुषाका २२, झापाका २, पर्साका ३९, सुनसरीका २०, उदयपुरका १, मोरङका ८८, इलामका ४, महोत्तरीका २०, रौतहटका २५, सिराहाका २, सप्तरीका ३१, बाराका १, नुवाकोटका १ र सर्लाहीका २६ जनामा कोरोना पुष्टि भएकाे छ।

यस्तै चितवनका ११, मकवानपुरका २८, सिन्धुलीका २, काभ्रेका ८, रामेछापका ३, दोलखाका १, सुर्खेतका १, कपिलवस्तुका २१, कास्कीका ३, नवलपरासीका ४, तनहुँका १, प्युठानका ३, रुपन्देहीका १२, दाङका २, बाँकेका १०, बर्दियाका ३, पाल्पाका १, बैतडीका १ तथा डोटीका १ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यी चार जिल्लामा ५०० भन्दा बढी संक्रमित 

प्रवक्ता डा. गौतमका अनुसार नेपालका ४ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् । पर्सा, महोत्तरी
रौतहट र  काठमाडौं गरी चार जिल्लामा ५ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको हो ।

त्यसैगरी नेपालको ७७ जिल्लामध्ये हाल ५ जिल्लामा कोरोना संक्रमित नरहेको मन्त्रालयले जानकारी दिएको छ । हाल कोरोना संक्रमित नरहेका ५ जिल्लामा मुस्ताङ, संखुवासभा, मनाङ, डोल्पा र हुम्ला हुन् ।

२४ घण्टामा थप १०९ जनाले जिते कोरोना 

पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार ८३७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

हालसम्म कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ – १०४८ जना

प्रदेश २ – ३४४९ जना

वाग्मती प्रदेश -६२७

गण्डकी प्रदेशमा -१४९९ जना

प्रदेश ५ -४२२४ जना

कर्णाली प्रदेश – १९०७जना

सुदूरपश्चिम प्रदेश – ४०८३ जना

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ५ : २३ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल