बाइडेन र ह्यारिसको संयुक्त सम्बोधन, ट्रम्पका नीतिहरु असफल « Khabarhub

बाइडेन र ह्यारिसको संयुक्त सम्बोधन, ट्रम्पका नीतिहरु असफल


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विलमिङ्टन – अमेरिकी डेमोक्रयाटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेन र उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले विगतको राजनीतिक प्रतिस्पर्धालाई विश्राम दिँदै राष्ट्रपति डोनाल्ड ट्रम्पको चरित्र र कार्यसम्पादनमाथि तिखो टिप्पणी गरेका छन् ।

विगतमा बाइडेन र ह्यारिसबीच अमेरिकी समाजका मुद्दाहरुलाई लिएर तीव्र मतभेद र विमति हुँदै आएको थियो । तर बाइडेनले उपराष्ट्रपति पदका लागि ह्यारिसलाई मनोनयन गरेसँगै दुबैबीच ऐतिहासिक पहिलो उपस्थिति भएको हो ।

बुधवार डेमोक्रयाटिक पार्टीका तर्फबाट टिकट सुनिश्चित भएका दुई उम्मेदवारको संयुक्त कार्यक्रममा कोरोनाभाइरसका कारण तडकभडक हुन पाएन । अमेरिकी समाजमा राष्ट्रपति पदका उम्मेदवारलाई ठूलो जनसमूहले स्वागत र अभिवादन गर्ने प्रचलन रहे पनि कोरोनाभाइरसका कारण अति सानो संख्याका मानिसलाई मात्र उक्त कार्यक्रममा उपस्थित हुन दिइएको थियो ।

उपराष्ट्रपतिको उम्मेदवारी घोषणा कार्यक्रम एउटा माध्यमिक विद्यालयको खाली जिममा आयोजना गरिएको थियो । कार्यक्रममा चुनावी अभियानका सहयोगी र उम्मेदवारका परिवारको संख्याभन्दा संवाददाताहरुको संख्या बढी थियो ।

कार्यक्रममा बाइडेन र ह्यारिसले एक शताब्दीमा सबैभन्दा गम्भीर सार्वजनिक स्वास्थ्य संकटको सामना गर्न अमेरिका असमर्थ भएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेका थिए ।

ह्यारिसले ट्रम्प प्रशासनमाथि कडा शब्दमा निन्दा गरेका थिए ।

ह्यारिसले भनिन्, “यो भाइरसले विश्वका सबैजसो मुलुकलाई असर पारेको छ । तर अरु विकसित मुलुकभन्दा अमेरिकालाई भाइरसले बढी आक्रान्त बनाएको छ र त्यसको कारण छ । यसको मूल कारण भनेकै भाइरस फैलिन थाल्नुअघि नै ट्रम्पको विफलताले अहिलेको विषम अवस्था सिर्जना भएको हो ।”

उनले अगाडि भनिन्, “हामीले उपयुक्त व्यक्ति नछान्दाको यो परिणाम हो ।”

अमेरिकाको कुनै पनि प्रमुख दलबाट उपराष्ट्रपति पदमा टिकट प्राप्त गर्ने उनी पहिलो अश्वेत महिला हुन् । ह्यारिस र बाइडेन दुवैले ह्यारिसको छनौटप्रति खुशी व्यक्त गरेका थिए ।

राष्ट्रपति ट्रम्पले बिडेन–ह्यारिसको उम्मेदवारीमाथि विगतझैं कडा टिप्पणी गरेका छन् । उनले डेमोक्रयाट्सलाई अति उदारवादी तर त्यति प्रगतिशील नरहेको आरोप लगाए ।

उनले गत वर्षको प्राथमिक चुनावी अभियानमा दुबैबीच व्यापक असहमति रहेको पनि उल्लेख गरेका छन् ।

“ह्यारिसले बाइडेनमाथि निकै आपत्तिजनक शब्द प्रयोग गर्नु भएको थियो,” ट्रम्पले बुधबार भनेका छन् ।

तर विल्मिङटनको समारोहमा बाइडेन र ह्यारिसले एक अर्काप्रति स्पष्ट स्नेह देखाएका छन् । दुवैले विगतमा सँगै काम गर्दाका अनुभव सुनाएका थिए ।

ह्यारिसले जाति र नागरिक अधिकारका मुद्दाहरूमा बाइडेनका योजनामा पूर्ण समर्थन र प्रतिरक्षा गर्ने संकेत गरेका छन् ।

बाइडेन–ह्यारिसको संयुक्त कार्यक्रम भएलगत्तै २४ घण्टाको अवधिमा चुनावी अभियानका लागि ठूलै धनराशि प्राप्त भएको भन्दै यसबाट दुवै उम्मेदवारमाथि ठूलो समर्थन रहेको देखाएको छ ।

बाइडेनले करिब एक लाख ५० हजार मानिसले पहिलोपटक चुनावी अभियानका लागि चन्दा दिएको बताएका छन् । २४ घण्टाको अवधिमा करिब २ करोड ६० लाख डलर संकलन भएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ४ : ५१ बजे

बालुवाटारको सर्वपक्षीय बैठकमा को को सहभागी छन् ?

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले डाकेको राजनीतिक दल, निर्वाचन आयोग र

जेन-जी आन्दोलनमा भएको तोडफोड र आगजनीविरुद्ध एमालेले दियो प्रहरीमा जाहेरी

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा सरकारी कार्यालय, पार्टी कार्यालयका साथै निजी

मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलान्यास

कर्णाली– कर्णाली प्रदेशको राजधानी सहर सुर्खेत वीरेन्द्रनगरमा मानव सेवा आश्रमको

लुम्बिनीले इनिङको पहिलो बलमै गुमायो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनको पच्चिसौँ खेलमा अहिले