बैंक तथा वित्तीय संस्थामा ‘आलोपालो प्रणाली’ लागू गर्न निर्देशन « Khabarhub

बैंक तथा वित्तीय संस्थामा ‘आलोपालो प्रणाली’ लागू गर्न निर्देशन


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै ५० प्रतिशत मात्र कर्मचारी कार्यालयमा उपस्थित हुनेगरी आलोपालो प्रणाली लागू गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

राष्ट्र बैंकले बिहीबार सूचना जारी गर्दै सम्भव भएसम्म विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न र कार्यालयमैं उपस्थित हुनुपर्ने अवस्थामा कुल मध्ये आधा कर्मचारीले मात्र काम गर्ने वातावरण बनाउन सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो।

बाँकी कर्मचारीलाई घरैबाट काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी र तथा सेवाग्राहीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी न्यूनतम बैंकिङसेवा प्रदान गर्न यस्तो निर्देशन जारी गरिएको केन्द्रीय बैंकले जनाएको छ।

यसैगरी कर्मचारीलाई आवश्यक परेमा आइसोलेसनमा राख्न र सो को सम्पूर्ण खर्च बैंक तथा वित्तीय संस्थाले नै बेहोर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ७ : ३७ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

आज २०८३ साल साउन ९ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ९ गते शनिबार सन् २०२६

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला