पोखरामा ९ महिलासहित १७ जुवाडे पक्राउ « Khabarhub

पोखरामा ९ महिलासहित १७ जुवाडे पक्राउ


२९ श्रावण २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 कास्की- प्रहरीले जुवा खेलिरहेको अवस्थामा ९ महिलासहित १७ जना जुवाडेलाई पक्राउ गरेको छ।

उनीहरुको साथबाट १ लाख रुपैयाँभन्दा बढी पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए।

बुधबार पोखरा महानगरपालिका–१० मिलन टोलमा बस्दै आएकी ज्ञानु हमालको डेरामा अवैध रूपमा जुवा खेल्ने गरेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरूमा ज्ञानु हमाल, भूबहादुर गुरुङ, अस्मिता गुरुङ, डम्बर बहादुर गुरुङ, बल बहादुर गुरुङ, इन्द्रा गुरुङ, राधेश्याम भुजेल, मन बहादुर गुरुङ, हिम कुमारी गुरुङ, इन्द्रा राई, कुमारी गुरुङ, राजलक्ष्मी राई, सुक कुमारी गुरुङ, सीता नेपाली, लीलमान थापा, यमबहादुर गुरुङ र विनोद गुरुङ छन्।

पक्राउ गरिएकालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा) अन्तर्गत जिल्ला प्रशासन कास्कीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। ​

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  ७ : ४३ बजे

लगातार ६ खेलसम्म जितविहीन बन्यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ – म्यानचेस्टर युनाइटेडको जितविहीन यात्राले निरन्तरता पाएको छ। इङ्लिस

आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६