आज साँझ गण्डकी प्रदेशमा थपिए ४ कोरोना संक्रमित « Khabarhub

आज साँझ गण्डकी प्रदेशमा थपिए ४ कोरोना संक्रमित


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्‍टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार बेलुका विज्ञप्ति जारी गर्दै थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

नयाँ संक्रमण पुष्टि हुनेमा कास्की, पर्वत, नवलपरासी पूर्व र लमजुङका एक-एक जना रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १६६० पुगेको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं २६ का ४९ वर्षीय पुरुषमा संक्रमण पुष्‍टि भएको छ । त्यसैगरी नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका वडा नं २ का २५ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ भने लमजुङको सुन्दरबजारका ३२ वर्षीय पुरुषमा पनि कोरोना पुष्‍टि भएको छ ।

पर्वतको पैयूँ-७ का २० वर्षीय पुरुषमा पनि संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ८ : १० बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग