नेकपा विवाद : बालुवाटार बैठकबारे प्रचण्डद्वारा थापागाउँमा ब्रिफिङ « Khabarhub

नेकपा विवाद : बालुवाटार बैठकबारे प्रचण्डद्वारा थापागाउँमा ब्रिफिङ


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग विहीबार दिउँसो बालुवाटारमा भएको बैठकबारे आफ्नो समूहका नेताहरुलाई थापागाउँमा ब्रिफिङ गरेका छन् ।

थापागाउँस्थित एक कलेजमा प्रचण्डले वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नरायणकाजी श्रेष्ठसहित आफ्नो समूहनिकट प्रदेश ५ का करिब २० जना केन्द्रीय सदस्यसँग बालुवाटारमा भएको छलफलका विषयमा ब्रिफिङ गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

उनले भने, ‘बालुवाटारमा भएको वार्ताबारे अध्यक्ष कमरेडले यहाँ ब्रिफिंग गर्नुभयो । कुरा सकरात्मक छ। तर, अहिले नै विवाद मिलिसक्यो भन्ने चाही होइन।’

ती नेताले प्रचण्डको व्रिफिङ उधृत गर्दै भने, ‘महासचिव विष्णु पौडेलले सहमतिका लागि भन्दै केही डकुमेन्टहरु पेश गर्नुभयो । त्यसमा यो कार्यकालभर केपी ओली नै प्रधानमन्त्री हुने, पार्टीको कार्यकारिणी अधिकार प्रचण्डले लिने । अहिलेसम्म कमजोरी भएकै हो । त्यसमा आत्मालोचना गर्ने र अब हुने नियुक्तिहरु पार्टीको निर्णयमा मात्रै गर्ने भन्ने प्रस्तावहरु आए । तर ठोस प्रस्ताव आएको छैन ।’

बैठकमा बस्नेसम्मको कुरा आएकाले त्यसलाई सकारात्मक रुपमा आफूले लिएको पनि प्रचण्डले जानकारी गराएका थिए । अन्य प्रस्तावमा भने प्रचण्डले कुनै प्रतिकृया नदिएको जानकारी गराएका थिए ।

बिहीबार नौ  दिनपछि अध्यक्षद्वय ओली-प्रचण्डबीच करिव चार घण्टा लामो भेटवार्ता  भएको हो । आजको भेट लगत्तै प्रचण्ड थापागाँउ पुगेर त्यसबारे जानकारी गराएका थिए ।

यसअघि साउन १८, १९ र २० मा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित दुई अध्यक्षबीच छलफल भएको थियो ।

पछिल्लो छलफलमा कुन कमिटीबाट विवाद हल खोज्ने भन्नेमा दुई पक्षबीच नयाँ विवाद थपिएको थियो । प्रधानमन्त्री ओली सचिवालय बैठकमा भएपछि मात्रै स्थायी कमिटी बस्नु पर्ने अडान थिए ।

अध्यक्ष दाहाल स्थगित स्थायी कमिटी बैठक सुचारु गर्ने र केन्द्रीय कमिटी बैठक बोलाउनु पर्ने अडानमा बसेपछि त्यसयता दुई अध्यक्षबीच थप संवाद हुन सकेको थिएन । यसबाहेक प्रधानमन्त्री वा पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहको माग छ । दुवै पद नछाड्ने ओलीको अडान छ ।

स्थगित स्थायी कमिटी सुचारु गर्ने विषयमा पनि उनीहरुबीच मतभेद छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  १० : १६ बजे

मधेशका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने

काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिने

‘पाकिस्तानमा एचआइभी सङ्क्रमितको सङ्ख्या दुई सय प्रतिशतले बढ्यो’  

एजेन्सी– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पाकिस्तानको पूर्वी भूमध्यसागरीय क्षेत्रमा

निर्यात अनुदान रोकिएकोमा महासङ्घलले गरायो अर्थमन्त्रीको ध्यानाकर्षण

काठमाडौं–  निर्यात व्यवसायी महासङ्घले निर्यात अनुदान रोकिएको भन्दै अर्थमन्त्री रामेश्वर

‘कम्फर्ट जोन’ खोज्दै विष्णु पौडेल, अहिलेबाटै गर्दैछन् बाह्रौँ महाधिवेशनको पनि तयारी

काठमाडौं– एघारौँ महाधिवेशन संघारमा आइपुग्दा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु