चितवनमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण « Khabarhub

चितवनमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा ७ जना र चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा २४ जनामा गरी ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

शनिबार राति  सार्वजनिक गरिएको विवरणअनुसार चितवनका १५ जनासहित ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पतालको ल्यावमा गरिएको परीक्षणमा भरतपुरका २ महिला र २ पुरूषमा संक्रमण पुष्टि भएको हो । यस्तै सुर्खेत र रौतहटका २ महिला तथा धनुषाका एक पुरूषमा पनि संक्रमण पुष्टि भएको ल्यावकी प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।

यस्तै चितवन मेडिकल कलजेको ल्यावमा भएको परीक्षणमा भरतपुरका ५ पुरूष र ४ महिला तथा रत्ननगरका २ महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै नवलपुर गैँडाकोटका ३ महिला र ३ पुरूष, हुप्सकोट र मध्यविन्दुका एक/एक जना महिला र पुरूषमा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै बाँके, काठमाडौँ, रुपन्देही, तनहुँ र लमजुङका एक/एक जना गरी अरू ५ जनामा पनि संक्रमण भएको चितवन मेडिकल कलेजले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ६ : ५५ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब