कंगोको सुनखानीमा पहिरोले पुरिएर ५० जनाको मृत्यु « Khabarhub

कंगोको सुनखानीमा पहिरोले पुरिएर ५० जनाको मृत्यु


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी क्षेत्रमा रहेको एउटा सुनखानीमा पहिरोमा पुरिएर ५० जनाको मृत्यु भएको छ ।

केही दिनदेखिको भारी वर्षापछिको पहिरोले दक्षिण किबु प्रान्तको कमितुगा शहरको सुनखानीमा पहिरो गएको हो । पहिरोमा परी अरू कयौँ मानिस बेपत्ता भएको बीबीसीले जनाएको छ ।

अधिकारीहरूले घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन् । प्रान्तीय अधिकारीका अनुसार पीडितहरूमध्ये अधिकांश युवा छन् । घटनामा बाँच्न सफल भएकाहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरूले जनाएका अनुसार खानीका लागि खनिएका तीनटा गहिरा खाडलमा पानी पसेर पहिरो गएको थियो ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ८ : ३४ बजे

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र