विप्लव समूहका ताप्लेजुङ सेक्रेटरी पक्राउ « Khabarhub

विप्लव समूहका ताप्लेजुङ सेक्रेटरी पक्राउ


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- चन्द समूहका जिल्ला सेक्रेटरी किशोर मेन्याङवो लिम्बू पक्राउ परेका छन् । फक्ताङलुङ गाउँपालिका–४ तापेथोक छिरुवाबाट शनिबार पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी स्रोतले बताएको छ ।

जिल्लाभरिनै अप्रेसन अभियान चलाएको प्रहरीले त्यो क्रम जारी रहेको पनि जनाएको छ । यसअघि ताप्लेजुङ इञ्चार्ज सकल भनिने सागर लिम्बू, ताप्लेजुङ घरभएका पाँचथर इञ्चार्ज तथा मेचीब्युरो सदस्य राजु दास ताप्लेजुङ सेक्रेटरी नगरपति पौडेल, जन स्वयंसेवक संयोजक तारा थापा, जिल्ला सदस्य योगेश लिम्बु र जनमुक्तिमोर्चाको केन्द्रीय सदस्य तथा अखिल क्रान्तिकारी मेची, कोसी संयोजक गणेश कार्की ‘डोली’लाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरु झापाको दमकबाट पक्राउ परेका थिए । उनीहरुले चन्द समूह छोडेको प्रेस विज्ञप्ति प्रकाशित गरिसकेका छन् । अहिले उनीहरु झापा अदालतमा मुद्दा खेपिरहेका छन् भने सत्तारुढ नेकपाले पार्टी प्रवेश गराएको छ ।

त्यसपछि सेक्रेटरीको जिम्मेवारी पाएका किशोर भने ताप्लेजुङबाटै पक्राउ परेका हुन् । उनलाई आइतबार अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरी स्रोतले बताएको छ । पहिला केही सक्रिय रहेको चन्द समूहले अहिले आफ्ना कार्यकर्ता पक्राउलगायतको जानकारी गराउन छोडेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ११ : ०६ बजे

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

काठमाडौं– अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, महाधिवेशनको कार्यतालिका हेरफेर हुन सक्ने

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।