विप्लव समूहका ताप्लेजुङ सेक्रेटरी पक्राउ « Khabarhub

विप्लव समूहका ताप्लेजुङ सेक्रेटरी पक्राउ


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- चन्द समूहका जिल्ला सेक्रेटरी किशोर मेन्याङवो लिम्बू पक्राउ परेका छन् । फक्ताङलुङ गाउँपालिका–४ तापेथोक छिरुवाबाट शनिबार पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी स्रोतले बताएको छ ।

जिल्लाभरिनै अप्रेसन अभियान चलाएको प्रहरीले त्यो क्रम जारी रहेको पनि जनाएको छ । यसअघि ताप्लेजुङ इञ्चार्ज सकल भनिने सागर लिम्बू, ताप्लेजुङ घरभएका पाँचथर इञ्चार्ज तथा मेचीब्युरो सदस्य राजु दास ताप्लेजुङ सेक्रेटरी नगरपति पौडेल, जन स्वयंसेवक संयोजक तारा थापा, जिल्ला सदस्य योगेश लिम्बु र जनमुक्तिमोर्चाको केन्द्रीय सदस्य तथा अखिल क्रान्तिकारी मेची, कोसी संयोजक गणेश कार्की ‘डोली’लाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरु झापाको दमकबाट पक्राउ परेका थिए । उनीहरुले चन्द समूह छोडेको प्रेस विज्ञप्ति प्रकाशित गरिसकेका छन् । अहिले उनीहरु झापा अदालतमा मुद्दा खेपिरहेका छन् भने सत्तारुढ नेकपाले पार्टी प्रवेश गराएको छ ।

त्यसपछि सेक्रेटरीको जिम्मेवारी पाएका किशोर भने ताप्लेजुङबाटै पक्राउ परेका हुन् । उनलाई आइतबार अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरी स्रोतले बताएको छ । पहिला केही सक्रिय रहेको चन्द समूहले अहिले आफ्ना कार्यकर्ता पक्राउलगायतको जानकारी गराउन छोडेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ११ : ०६ बजे

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

राँझा– बाँकेमा आर्थिक वर्ष २०८२-८३ सम्ममा ६०७  हेक्टरभन्दा बढी वनक्षेत्र

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

क्यासिनोमा जुवा खेलाउने ११ जना पक्राउ, १० लाख बरामद

काठमाडौँ – काठमाडौँको बुढानिलकण्ठस्थित गरुड क्यासिनोभित्र गैरकानुनी रूपमा नेपाली नागरिकलाई

बालेनसँगको छलफल लगत्तै पक्राउ परेका गाउँपालिका अध्यक्षविरुद्ध ९ मुद्दामा ९ करोड ५६ लाख बिगो

काठमाडौँ – उपत्यकाका विभिन्न प्रहरी कार्यालयमा कुल ९ करोड ५६

प्रधानमन्त्री राहत कोषमा १४ अर्ब दुई करोड ७३ लाख जम्मा, पीडितलाई एक अर्ब निकासा

काठमाडौँ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब २