कोरोनाबाट ७६ वर्षीया महिलाको निधन « Khabarhub

कोरोनाबाट ७६ वर्षीया महिलाको निधन


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको आँबुखैरेनी गाउँपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणबाट निधन भएको छ ।

आँबुखैरेनी–४ निवासी ७६ वर्षीया महिलाको यही भदौ २४ गते काठमाडौँस्थित मनमोहन कार्डियोभास्कुलर थोरासिक एण्ड टा्रन्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज जनाएको छ ।

ती महिलामा मुटुसम्बन्धी समस्या थियो । भदौ २० गते अस्पताल भर्ना हुनुभएका उनलाई भदौ २३ गते कोरोना पुष्टि भएको थियो ।

उपचारका लागि चितवन पुगे पनि स्वास्थ्यमा सुधार नभएपछि उनलाई काठमाडौँ लगिएको जनाइएको छ । यससँगै तनहुँमा कोरोना सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या चार पुगेको छ ।

यसअघि व्यास नगरपालिका–१ की ५० वर्षीया महिलाको पोखरा, व्यास–२ की २० वर्षीया युवतीको काठमाडौँ र म्याग्दे गाउँपालिका–१ की ९६ वर्षीया महिलाको काठमाडौँमा निधन भएको थियो ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ३ : ०० बजे

कोला पिउँदा पेटका सूक्ष्म जीव र रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर पुर्याउने

काठमाडौं– हालै सार्वजनिक भएको एक वैज्ञानिक अनुसन्धानले चिनीयुक्त र चिनी

पाँच दिनसम्म इरानी पूर्वाधारमा हमला नगर्ने ट्रम्पको घोषणा

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव कम गर्नका लागि

मध्यपूर्वमा सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा

चितवन– मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा

अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’

काठमाडौं- रसियन राष्ट्रपतिको कार्यालय क्रेमलिनले इरानको बुशेहर आणविक प्लान्टनजिक भएको

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।