अब २ हजार रुपैयाँमै कोरोना परीक्षण « Khabarhub

अब २ हजार रुपैयाँमै कोरोना परीक्षण


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना परीक्षणको शुक २ हजार तोकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित लाइभ अपडेटमार्फत अबदेखि कोरोना परीक्षणको शुल्क २ हजार निर्धारण गरिएको बताए ।

डा गौतमले पीसीआर परीक्षण शुल्क सबै प्रयोगशालाहरुका लागि सबैशुल्क सहित अधिकतम २ हजार तोकिएको बताए ।

स्वास्थ्य मन्त्रालयले शुरुमा नेपालमा ५ हजार ५ सयमा पीसीआर परीक्षण गराएको थियो । उक्त शुल्क केही सयम अघि घटाएर ४ हजार ४ सय कायम गरेको थियो ।

विभिन्न प्रयोगशाला तथा निजी असपतालहरुले २५ सयमै कोरोना परीक्षण गर्न थालेपछि सरकारले पीसीआर परीक्षणको शुल्क महंगो लिएको जनगुनासो बढेको थियो ।

कोरोना परीक्षणको शुल्क निजी अस्पतालको भन्दा सरकारी प्रयोगशालाको बढी भएको भन्दै आलोचना भइरहेका बेला स्वास्थ्य मन्त्रालयले परीक्षण शुल्क घटाएर २ हजार बनाएको हो ।

डा गौतमले बंगलादेशबाट ५ हजार भाइल रेम्डेसिभिर उपलब्ध भएको भन्दै उक्त औषधि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को निर्देशिका अनुसार प्रयोग गर्न सुचीकृत भएका अस्पतालहरुमा मात्र बिरामीको चाँपको आनुसार वितरण गर्ने बताए ।

उनले त्यसको सम्पूर्ण विवरण परिषद्ले नै स्वास्थ्य मन्त्रालयले पेस गर्नुपर्ने पनि बताए ।

यस्तै नेपालमा एम्बुलेन्सहरु बिरामी बोक्ने बाहेक अन्य काममा प्रयोग भइरहेको गुनासो बढेको हुँदा यस्तो गरेको पाइए उनीहरुको दर्ता खारेज गरिने पनि डा गौतमले बताए ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ६ : ०९ बजे

कोला पिउँदा पेटका सूक्ष्म जीव र रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर पुर्याउने

काठमाडौं– हालै सार्वजनिक भएको एक वैज्ञानिक अनुसन्धानले चिनीयुक्त र चिनी

पाँच दिनसम्म इरानी पूर्वाधारमा हमला नगर्ने ट्रम्पको घोषणा

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव कम गर्नका लागि

मध्यपूर्वमा सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा

चितवन– मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा

अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’

काठमाडौं- रसियन राष्ट्रपतिको कार्यालय क्रेमलिनले इरानको बुशेहर आणविक प्लान्टनजिक भएको

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।