यी हुन माता लक्ष्मीका ८ रुप, कस्को पूजा गर्दा के प्राप्ति ? « Khabarhub

यी हुन माता लक्ष्मीका ८ रुप, कस्को पूजा गर्दा के प्राप्ति ?


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विद्याका लागि सरस्वतीको पूजा गरेजस्तै धनका लागि लक्ष्मीको पूजा गरिन्छ । कालरात्रीमा त लक्ष्मीको झन विशेष पूजा गरिन्छ ।

यो मान्यता रहेका छ कि देवी लक्ष्मीको पूजा गर्नाले घरमा धन सम्पत्ति भित्रिन्छ । धर्मग्रन्थमा देवी लक्ष्मीका अनेक रुपको चर्चा गरिएको छ ।

माता लक्ष्मीले ८ रुपमा मानिसलाई जीवनका सुख प्रदान गर्ने विश्वास गरिन्छ । यी हुन देवी लक्ष्मीका ८ रुप, कसको पूजा गर्दा के फल प्राप्त हुन्छः

१. वीर लक्ष्मी

लक्ष्मीको यो रुपको पुजा गर्नाले सबै प्रकारका भयबाट मुक्ति मिल्छ र ऋणहरुबाट छुटाकारा पाइन्छ । लक्ष्मीको यो रुपका भक्तहरुलाई खराब शक्ति र तन्त्रमन्त्रको नराम्रो प्रभाव हुँदैंन् ।

२. गज लक्ष्मी

देवी लक्ष्मीको यो रुपमा पुजा गर्नाले मान सम्मान मिल्छ । नोकरीमा प्रमोशन वा राजनीतिमा उच्च पद प्राप्त गर्नका लागि यो रुपको पुजा गर्नु राम्रो मानिन्छ ।

३. सन्तान लक्ष्मी

माता लक्ष्मीको यो रुपको पुजा गर्नाले सन्तान सुख मिल्छ । सन्तानको लामो आयु र उसको उन्नतिका लागि सन्तान लक्ष्मीको पुजा गर्नु श्रेष्ठ मानिन्छ ।

४. धान्य लक्ष्मी

जो ब्यक्ति लक्ष्मी देवीको यो रुपको पुजा गर्छ, उसको घरमा अनाजको कहिल्यै कमी हुँदैंन् । कृषिको काम गर्नेले धान्य लक्ष्मीको पुजा गर्नु राम्रो मानिन्छ ।

५. विजय लक्ष्मी

कुनै काममा सफलता प्राप्त गर्नका लागि विजय लक्ष्मीको पुजा गर्दा राम्रो मानिन्छ । अदालतमा मुद्धा जित्नका लागि पनि देवीको यही रुपको पुजालाई श्रेष्ठ मानिन्छ ।

६. आदि लक्ष्मी

लक्ष्मी माताको यो रुपको पुजा गर्नाले परिवारमा सुख शान्ति बनिरहन्छ । रोगबाट मुक्ति मिल्छ भने दाम्पत्य जीवन सुखमय बनाउनका लागि पनि लक्ष्मीको यो रुपको पुजा राम्रो मानिन्छ ।

७. ऐश्वर्या लक्ष्मी
सबै प्रकारका भौतिक सुख सुविधाका लागि लक्ष्मीको यो रुपको पुजा गरिन्छ । ऐश्वर्या लक्ष्मीको पुजा गर्नाले आकर्षण शक्ति पनि मिल्दछ ।

८. धन लक्ष्मी
धन सम्पत्ति चाहनेहरुले धन लक्ष्मीको पुजा गर्दा राम्रो मानिन्छ । लक्ष्मीको यो रुपको पुजा गर्नाले घर सम्पूर्ण रहन्छ र धनको कमी कहिल्यै हुँदैंन् । व्यापार-व्यवसायमा पनि सफलता मिल्छ ।

 

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ४ : ०१ बजे

यमनमा हुथी–साउदी द्वन्द्व चर्कियो, ३२ हवाई आक्रमण भएको दाबी

एजेन्सी- यमनमा इरानसमर्थित हुथी विद्रोही र साउदी अरबबीचको द्वन्द्व चर्किएको छ।

बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीमा हवाई ढुवानी शुल्क छुट

काठमाडौं– नेपाल वायुसेवा निगमले हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट

जेन-जी आन्दोलनको एक वर्ष : दिशाहीन छ देशको अर्थराजनीति

काठमाडौं– गत वर्षको भदौ २३ गते जेन–जी पुस्ताका युवाहरूको आह्वानमा

‘विपद्को बेला पनि केपी ओलीमाथि नानाभाँती आरोप लगाएर राजनीति गरिँदै छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ

‘गगनलाई मान्यता दिने निर्णयविरुद्ध निस्सा पाएका छौँ, कांग्रेसको रुख र चारतारे झण्डा हाम्रै हुन्छ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन र त्यसबाट