एम्बाप्पेले पीएसजीलाई भने – अर्को वर्ष क्लब छाड्ने योजनामा छु « Khabarhub

एम्बाप्पेले पीएसजीलाई भने – अर्को वर्ष क्लब छाड्ने योजनामा छु


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले विश्व फुटबल बजारमा फ्रान्सका युवा स्टार किलियन एमबाप्पेको भविष्य कुन क्लब होला भन्ने अड्कल बाजी चलिरहेको छ ।

अहिले फ्रान्सको लिग वान क्लब पेरिस सेन्ट जर्मेनमा रहेका एमबाप्पेको क्लबसँग सन् २०२१–०२२ सिजनसम्मका लागि सम्झौता रहेको छ ।

यहिँ बीच पीएसजीले एमबाप्पेसँगको सम्झौता बढाउने विषयमा छलफल गरेको छ । तर, उनले अहिले क्लबसँग सम्झौता थप्ने योजना भन्दा पनि अर्को सिजनमा आफुले क्लब छाड्ने योजना बनाएको भन्दै बोर्डलाई प्रतिक्रिया दिएको दी टाइम्सले लेखेको छ ।

उनको उक्त प्रतिक्रिया पछि अब पीएसजीले उनका लागि योग्य क्लब खोज्ने तयारी गरेको समाचारमा बताइएको छ ।

एमबाप्पेका लागि स्पेनिस महारथि रियल मड्रिडले रुचि देखाएको यसअघिदेखि चर्चाकै विषय हो भने उनी स्वयम पनि स्पेनको राजधानी आउने योजनामा रहेको स्पेनिस पत्रिका मार्काले लेखेको छ ।

रियल मात्रै होइन एमबाप्पेका लागि म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाइटेडलेपनि रुचि देखाएका छन् भने पक्कै पनि स्पेनकै बार्सिलोनाले उनलाई आफ्ना स्टार लियोनल मेस्सीले छाडेको खण्डमा उनको स्थानान्तरणका रुपमा पनि लैजाने योजना बनाएको छ ।

युवा स्टाइकरमा सबै क्लबले आखाँ लगाइरहेका छन् । तर, अहिले त उनी कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आइसोलेसनमा बसिरहेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ९ : ०९ बजे

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर– महाकाली  र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज