सिन्धुपाल्चोक लिदीका पहिरो पीडितलाई आर्थिक सहयोग « Khabarhub

सिन्धुपाल्चोक लिदीका पहिरो पीडितलाई आर्थिक सहयोग


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- गैरआवासीय नेपाली संघ (एनआरएनए एनसीसी) नेदरल्याण्ड्सले सिन्धुपाल्चोकको जुगल गाउँपालिका- २ स्थित लिदीका पहिरो पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

एनसीसी नेदरल्याण्ड्सले संकलन गरी पठाएको २ लाख १८ हजार ५ सय २६ रुपैयाँ पहिरो पीडितहरुको अस्थायी बस्ती बासखर्क पुगेर संघका आइसिसी उपाध्यक्ष सोनाम लामाले हस्तान्तरण गरेका हुन् ।

उपाध्यक्ष लामाले वडाका वडाध्यक्ष प्रताप लामालाई सहयोग चेक हस्तान्तरण गरे ।

 

संघले यसअघि पनि  ५ लाख सहयोग गरेको बताउँदै उपाध्यक्ष लामाले सो सहयोग तत्काल पीडितहरुको आवश्यकताअनुसार खर्च गर्न पनि आग्रह गरे ।

उपाध्यक्ष लामाले एनआरएनए एनसीसी नेदरल्याण्ड्सको सराहनीय कार्यको प्रशंसा गर्दै वर्तमान कोभिड- १९ को विषम परिस्थितिमा पनि रकम संकलन गरी पठाएकोमा एनसीसी अध्यक्ष श्रीराम कँडेल लगायत सम्पूर्ण कार्यसमिति तथा सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरे ।

वडाध्यक्ष लामाले नेदरल्याण्ड्सबाट सहयोग रकम संकलन गरी पठाउने सबैमा धन्यवाद ज्ञापन गर्दै उपलब्ध रकम पीडितहरुको आवश्यकताअनुसार खर्च गर्ने बताए ।

जुगलमा गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकोमा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने २ जना अझै बेपत्ता छन् । पहिरोले ३९ घरमा पूर्णरुपमा क्षति  हुँदा १ सय ६७ भन्दा बढी स्थानीय प्रभावित भएका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  १० : १७ बजे

यामालसँगको तस्बिरबारे मेसीले भने : जीवनकै अविश्वसनीय संयोग

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले स्पेनका युवा स्टार लामिने

राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज

म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता

गण्डकी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ

गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने

गण्डकी – जल तथा मौसम विज्ञान विभागले आज र आइतबार

अमेरिका–इरान तनाव चर्कियो, पानी शुद्धीकरण प्लान्टहरू पनि आक्रमणको निशानामा

काठमाडौं – अमेरिका र इरानबीचको बढ्दो तनावका बीच समुद्रको खारा