मिर्गौलामा समस्या भए देखिन्छन् यस्ता संकेत  « Khabarhub

मिर्गौलामा समस्या भए देखिन्छन् यस्ता संकेत 


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मिर्गौलामा प्राय मधुमेह र उच्च रक्तचापका कारण समस्या देखिन्छ। ४० वर्ष कटेपछि यस्तो समस्या बढी देखिने गर्छ ।

केही मानिसमा वंशाणुगत कारणले मधुमेह हुन्छ। तिनले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ।

तौल धेरै हुँदा यसको जोखिम उच्च हुनेगर्छ। सामान्य रूपमा भन्दा त धेरै गुलियो र चिल्लो भएको खानेकुरामा नियन्त्रण राख्नु नै यसबाट बच्ने तरिका हो।

एकैखाले आहार नभई शरीरलाई चाहिने सबैखाले तत्त्वहरु समेटिने सन्तुलित भोजन गर्नुपर्छ।

कम उमेरका मानिसमा पनि मिर्गौलाको समस्या हुन सक्छ। तर त्यसको कारण फरक हुनसक्छ।

बालबालिकालाई पिसावनलीमा अवरोध सिर्जना भएर, विभिन्न खाले सङ्क्रमण बल्झिएर, घाँटी खराब भई बारम्बार टन्सिलको समस्या भएर मिर्गौलाको समस्या देखिएको पाइन्छ।

पिसाबमा अत्यधिक प्रोटिन चुहिने समस्या देखियो भने पनि यस्तो जोखिम बढ्छ।

समस्या भए यस्ता संकेत

केही लक्षणहरूले समस्या भएको सङ्केत गर्छन्। जस्तै, पिसाबमा फिँज आइरहनु वा पिसाब धमिलो हुनु वा गाढा रातो रङ्गको आइरहनु।

छिनछिनमा पिसाब लाग्ने, पिसाब फेर्न राति उठिरहनुपर्ने, पिसाब फेरिसक्दा समेत निख्रेजस्तो नलाग्ने भएमा सतर्क हुनुपर्छ।

कहिलेकाहीँ धेरै कोखा दुख्नु, बिहान उठ्दा आँखाको डिल सुन्निनु, दिउँसै खुट्टाको गोलीगाँठा सुन्निन थाल्नु पनि मिर्गौलामा गडबडी भइरहेको सङ्केत हो।

सुत्दा अग्लो सिरानी चाहिने वा थोरै हिँडे पनि स्याँस्याँ हुने वा त्यत्तिकै थाकेजस्तो लाग्ने लक्षण देखिनु अर्को संकेत हो ।

यस्ता समस्या देखिएमा तुरुन्त परीक्षण गराइहाल्नुपर्छ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ४ : ०९ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको