मिर्गौलामा समस्या भए देखिन्छन् यस्ता संकेत  « Khabarhub

मिर्गौलामा समस्या भए देखिन्छन् यस्ता संकेत 


२८ भदौ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मिर्गौलामा प्राय मधुमेह र उच्च रक्तचापका कारण समस्या देखिन्छ। ४० वर्ष कटेपछि यस्तो समस्या बढी देखिने गर्छ ।

केही मानिसमा वंशाणुगत कारणले मधुमेह हुन्छ। तिनले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ।

तौल धेरै हुँदा यसको जोखिम उच्च हुनेगर्छ। सामान्य रूपमा भन्दा त धेरै गुलियो र चिल्लो भएको खानेकुरामा नियन्त्रण राख्नु नै यसबाट बच्ने तरिका हो।

एकैखाले आहार नभई शरीरलाई चाहिने सबैखाले तत्त्वहरु समेटिने सन्तुलित भोजन गर्नुपर्छ।

कम उमेरका मानिसमा पनि मिर्गौलाको समस्या हुन सक्छ। तर त्यसको कारण फरक हुनसक्छ।

बालबालिकालाई पिसावनलीमा अवरोध सिर्जना भएर, विभिन्न खाले सङ्क्रमण बल्झिएर, घाँटी खराब भई बारम्बार टन्सिलको समस्या भएर मिर्गौलाको समस्या देखिएको पाइन्छ।

पिसाबमा अत्यधिक प्रोटिन चुहिने समस्या देखियो भने पनि यस्तो जोखिम बढ्छ।

समस्या भए यस्ता संकेत

केही लक्षणहरूले समस्या भएको सङ्केत गर्छन्। जस्तै, पिसाबमा फिँज आइरहनु वा पिसाब धमिलो हुनु वा गाढा रातो रङ्गको आइरहनु।

छिनछिनमा पिसाब लाग्ने, पिसाब फेर्न राति उठिरहनुपर्ने, पिसाब फेरिसक्दा समेत निख्रेजस्तो नलाग्ने भएमा सतर्क हुनुपर्छ।

कहिलेकाहीँ धेरै कोखा दुख्नु, बिहान उठ्दा आँखाको डिल सुन्निनु, दिउँसै खुट्टाको गोलीगाँठा सुन्निन थाल्नु पनि मिर्गौलामा गडबडी भइरहेको सङ्केत हो।

सुत्दा अग्लो सिरानी चाहिने वा थोरै हिँडे पनि स्याँस्याँ हुने वा त्यत्तिकै थाकेजस्तो लाग्ने लक्षण देखिनु अर्को संकेत हो ।

यस्ता समस्या देखिएमा तुरुन्त परीक्षण गराइहाल्नुपर्छ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ४ : ०९ बजे

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

काठमाडौँ– जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीयालाई जटिल प्रसूति समस्या

लागूऔषधसहित नौ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

ज्ञानेन्द्र शाहीको प्रश्न : नेपाली धर्म–संस्कृतिलाई मात्रै निशाना किन ?

काठमाडौँ– सांसद ज्ञानेन्द्र शाहीले नेपाली धर्म, संस्कार र संस्कृतिमाथि मात्रै

मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल

रूपन्देही– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रूपन्देहीको मर्चवार क्षेत्रको समग्र विकासका

साइकलमा ‘ड्रागन फ्रुट’ बेचेर स्वरोजगारको सन्देश प्रवाह गर्दै उद्यमी पन्त

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महोलियाका ३२ वर्षीय गणेशदत्त पन्त सरकारी