ताजिकिस्तानको राष्ट्रपतिमा इमोमाली फेरि निर्वाचित « Khabarhub

ताजिकिस्तानको राष्ट्रपतिमा इमोमाली फेरि निर्वाचित


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- ताजिकिस्तानका प्रभावशाली नेता इमोमाली राख्मोन ताजिकिस्तानको राष्ट्रपतीय निर्वाचनमा अत्यधिक मतसहित विजयी फेरि विजयी भएका छन् ।

निर्वाचन आयोगका अनुसार नेता इमोमालीले ९० प्रतिशतभन्दा बढी मत प्राप्त गरेका हुन् ।

विपक्षीहरुको खासै उपस्थिति नरहेको ताजिकिस्तानमा ६८ वर्षीय इमोमाली ताजिकिस्तान स्वतन्त्र भएयता सबैभन्दा बढी अवधि शासनमा रहने भएका छन् ।

तत्कालीन सोभियत संघबाट अलग्गिएको ताजिकिस्तानले स्वतन्त्रता प्राप्त गरेलगत्तै नुरसुल्तान नजरबायेभ सबैभन्दा लामो अवधि राष्ट्रपति बनेका थिए ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार चुनावमा ८५ प्रतिशतभन्दा बढी मतदान भएको थियो ।

छिमेकी मुलुकहरु किर्गिस्तान र पूर्वसोभियत गणतन्त्र बेलारुसमा हालै सम्पन्न निर्वाचनमा व्यापक धाँधली भएको भन्दै विरोध जारी छ । तर, ताजिकिस्तानमा त्यस्तै परिस्थिति उत्पन्न हुने तत्काल सम्भावना देखिएको छैन ।

राख्मोन र उनको सरकारले कोरोनाभाइरसका कारण अर्थतन्त्रमा संकट व्यहोर्नु परिरहेको छ । पाँच लाखभन्दा बढी ताजिकहरु खासगरी रुसमा रोजगारीका लागि गएका छन् ।

लन्डनस्थित एक अनुसन्धान संस्था आइएचएस मार्किटका विश्लेषक अलेक्स कोक्चारोभले अघिल्लो वर्षको तुलनामा यस वर्ष विप्रेषणमा १५–२५ प्रतिशतले कमी आएको बताए ।

रुसमा रोजगारी गुमाएर ठूलो संख्यामा ताजिकहरु स्वदेश फर्किएको अवस्थामा मुलुकको अर्थतन्त्र ६.५ प्रतिशतले खुम्चने पनि उनले बताए ।

अर्थतन्त्रमा संकट उत्पन्न भएमा ताजिकिस्तानलाई बाह्य ऋण भुक्तानीमा पनि संकट उत्पन्न हुनेछ । हाल कूल गार्हस्थ्य उत्पादनको करिब एक तिहाई भन्दा बढी ऋण भार छ, र चीनले ताजिकिस्तानलाई सबैभन्दा बढी ऋण दिएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ६ : ४० बजे

वैधानिकताको दबाब : कांग्रेस देउवा पक्षका नेता निर्वाचन आयोगमा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताले निर्वाचन

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

महेन्द्रनगर– बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ

६ दशक कांग्रेसमा बिताएका छायारामको निचोड- जहाँ रुख-चारतारा त्यतै भरोसा

काठमाडौं – स्याङजा भिरकोट नगरपालिकाका पूर्वप्रमुख छायाराम खनाल नेपाली कांग्रेसलाई

सिरहाको गोसाइँ डाँडा ताल : पर्यापर्यटनको सङ्गम

सिरहा– चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै

आईसीसी ग्लोबल छनोट : अभ्यास खेलमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शुक्रबार