साउदीमा ८ महिनादेखि अलपत्र एक नेपालीको उद्धार « Khabarhub

साउदीमा ८ महिनादेखि अलपत्र एक नेपालीको उद्धार



दोहा- साउदी अरबमा ८ महिनादेखि अलपत्र परेका एक नेपालीको उद्धार गरिएको छ ।

साउदीको रियादमा अलपत्र परेका कैलालीका शेर बहादुर कडाराको उद्धार गरि नेपाल पठाइएको सहयोगी एकता समाज साउदीका सस्थापक अध्यक्ष खेमराज भट्टले जानकारी दिए ।

साउदीमा क्रियासिल सामाजिक संस्थाहरु सहयोगी नेपाली एकता समाज, अन्तर समन्वय समिति र सुदूर पश्चमेली समाजका दुई सामाजिक अभियान्ताहरुको संयुक्त प्रयासमा स्वदेश फर्काउन सफल भएको उनले बताए ।

कोरोनाका कारण कम्पनी बन्द भएपछि कडारा ८ महिना देखि रियादमा अलपत्र परेका थिए । कम्पनी सञ्चालक सम्पर्कमा नआएपछि साउदीस्थित नेपाली दूतावासले ट्राभल डकुमेन्ट बनाई दिएको थियो ।

हवाई टिकट खर्च बापत अन्तर समन्वय समितिबाट ९ सय साउदी रियाल, सुदूर पश्चिमेली समाजका सामाजिक अभियान्ताहरु जगदिश नाथबाट ५ सय रियाल र चक्र मल्लबाट ४ सय रियाद सहयोग प्राप्त भएको थियो ।

सहयोगी नेपाली एकता समाजले उनको पीसीआर टेष्ट र काठमाडौ देखि धनगढीसम्म जानका बस भाडा बापत ६ सय रियाल उपलब्ध गराएको समाजका संस्थापक अध्यक्ष भट्टले बताए ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ८ : ५५ बजे

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ- उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्यांग्रा

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

नयाँले पुरानाको खेदो खनेर सुशासन खोजे : एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिले सुशासनलाई

दुई वर्षमा सक्नुपर्ने मल्याङ्दीखोला मोटरेबल पुलको काम २५ प्रतिशत मात्र

पर्वत– पर्वतको कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने मोटरेबल पुल

रातो मच्छिन्द्रनाथ जात्राको अनुत्तरित प्रश्न- ‘यो भोटो कसको हो ?’

काठमाडौँ उपत्यकाको सांस्कृतिक जीवनको सबैभन्दा महत्त्वपूर्ण र भव्य परम्परामध्ये एक