मोरङका थप दुई संक्रमितको मृत्यु « Khabarhub

मोरङका थप दुई संक्रमितको मृत्यु


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङका दुई संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

कोरोना ७१ वर्षीय वृद्धको आज बिहान कोशी अस्पतालमा मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–५ का हुन् ती वृद्धको  आज बिहान २:१५ बजे मृत्यु भएको  कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

यस्तै मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय संक्रमित पुरुषको पनि आज बिहान उपचारका क्रममा मृत्यु भएको छ ।

बूढीगंगास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत उनको बिहान ८:१० बजे मृत्यु भएको अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या भएको भन्दै बेहोस अवस्थामा पुरुषलाई उपचारका लागि असोज २४ गते अस्पताल भर्ना गरिएको थियो ।

उनको सोही दिन पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो ।

 

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  १० : १५ बजे

सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना

चितवन– चितवनको कालिका नगरपालिकाले तोकिएको समयमै प्रशासकीय भवन निर्माण नगरेको

मौसम खुल्दा ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

ताप्लेजुङ– दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ सेताम्मे

पिएम कपमा आशिफ शेखको शतक

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी प्रधानमन्त्री (पिएम)

सुनको मूल्य १२ हजार पाँचसय रुपैयाँले घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनको मुल्यमा भारी गिरावट आएको

दाङको दुर्गम सैघामा विद्युत सेवाको पहुँच

दाङ– दाङको घोराही उपमहानगरपालिका–१९ अन्तर्गत पर्ने सैघामा विद्युत सेवाको पहुँच