हात्तीखोरको सैनिक ब्यारेक भित्रै जुवाखाल ! « Khabarhub

हात्तीखोरको सैनिक ब्यारेक भित्रै जुवाखाल !



नवलपुर– जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा जुवातास बिरुद्धको अभियान तीब्र बनाइरहेका बेला जिल्लाकै सैनिक ब्यारेक भित्रै जुवा अड्डा रहेको खुलासा भएको छ ।

कावासोतीको हात्तीखोरस्थित वन तथा पर्यावरण सुरक्षा गण अन्तर्गतको राष्ट्रिय सेवा दल (एनसीसी) ब्यारेकभित्रै जुवा अड्डा रहेको खुलासा भएको हो ।

दशैं, तिहार तथा छठ पर्वको सम्मुखमा जिल्ला प्रहरी कार्यालयले सुरक्षा अभियान तीब्र पारिरहेका बेला सेनाकै ब्यारेकभित्र जुवा अड्डा फेला परेपछि ब्यारेकभित्रै छानबिन थालिएको एक सैनिक अधिकारीले बताए ।

केही दिनयता प्रहरीले जुवा खेलिरहेका सर्वसाधारणलाई जिल्लाको विभिन्न ठाउँबाट पक्राउ गरी कारबाही चलाएको छ ।

जिल्लाको मध्यबिन्दु नगरपालिका २ कोल्हुवास्थित एक होटलबाट जुवाखालबाटै चार जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

सैनिक ब्यारेकभित्र जुवा खेल्ने अड्डा रहेको गुनासो प्रहरी कार्यालयमा पुगेपछि जिल्ला प्रशासनमार्फत सैनिक ब्यारेकका प्रमुख सेनानी कर्णेल शारदाभक्त माटाङगुलुङ्लाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।

सदरमुकाम कावासोतीका विभन्न होटल तथा घरहरुमा नियमित जुवा खेलाउने अड्डा रहेको सूचना पाएपछि प्रहरीले खोजबिन थालेको हो ।

प्रहरीको अभियान चलिरहँदा सैनिक ब्यारेकभित्रै जुवा खेलाउन अड्डा बनाएको भेटिएपछि सैनिक ब्यारेक भित्र मात्र होइन, प्रहरी कार्यालयमै तरंग फैलिएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  १० : ४१ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५