छ स्वास्थ्यचौकी अस्पतालमा स्तरोन्नति « Khabarhub

छ स्वास्थ्यचौकी अस्पतालमा स्तरोन्नति


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीका छवटा स्वास्थ्यचौकीलाई अस्पतालमा स्तरोन्नति गरिने भएको छ । सङ्घीय सरकारले जिल्लाका छवटा स्वास्थ्यचौकीलाई १५ शय्या र १० शय्याको अस्पतालमा स्तरोन्नति गर्नका लागि बजेट विनियोजन गरेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

पुर्चौंडी नगरपालिका–३ स्थित न्वाउदेउ स्वास्थ्यचौकीलाई १५ शय्याको अस्पतालमा स्तरोन्नति गरिने भएको छ ।

यसका लागि सङ्घीय सरकारले रु एक करोड बजेट विनियोजन गरेर पुर्चौंडी नगरपालिकाको खातामा पठाएको छ । यस्तै सूर्नया गाउँपालिकाको रौलेश्वर स्वास्थ्यचौकी, डिलाशैनी गाउँपालिकाको डिलाशैनी स्वास्थ्यचौकी, दोगडाकेदार गाउँपालिकाको सित्तड स्वास्थ्यचौकी, शिवनाथ गाउँपालिकाको सुल्लेखान स्वास्थ्यचौकी र पञ्चेश्वर गाउँपालिकाको कुलाउ स्वास्थ्यचौकीलाई १० शय्याको अस्पतालमा स्तरोन्नति गरिने बताइएको छ । यसका लागि सम्बन्धित स्थानीय तहमा रु ८५ लाखका दरले बजेट पठाइएको जनाइएको छ ।

स्थानीयस्तरमै अस्पतालको सेवा प्राप्तिमा सहज होस् भनेर स्वास्थ्यचौकीलाई अस्पतालमा स्तरोन्नति गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्यचौकीलाई अस्पातलमा स्तरोन्नति गर्ने कार्य यसै वर्षबाट शुरु हुने जनाइएको छ । सम्बन्धित स्थानीय तहहरुले स्वास्थ्यचौकीलाई अस्पतालमा स्तरोन्नति गर्ने कार्य अगाडि बढाउने छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  १ : ३० बजे

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ