राखेप र सरकारलाई फुटबल टीमका कप्तान चेम्जोङको खुला पत्र « Khabarhub

राखेप र सरकारलाई फुटबल टीमका कप्तान चेम्जोङको खुला पत्र

खेलाडी सधै मारमा पर्नु पर्ने हो ?


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र सरकारलाई खुला पत्र लेखेका छन्।

नोबेल कोरोना भाइरस (कोभिड१९) का कारण चैतदेखि खेलकुदलाई ठप्प गरेको गुनासो मिश्रित पत्र लेखेका हुन्।

उनले खेल पदाधिकारीको जसरी चिल्लो गाडीमा हिडेर भाषण गरेका भरमा परिवार चलाउन नसक्ने भन्दै आक्रोश समेत व्यक्त गरेका छन्।

यस्तो कठिन समयमा घरेलु खेलकुदका अभिभावक संस्थाले खेलाडीका बारेमा सोच्न नसक्ने हो भने त्यसको औचित्य पूष्ठि नहुने बताएका छन्।

किरणको पत्र :
आदरणीय राष्ट्रिय खेलकुद परिसद् तथा सम्मानीय सरकार सञ्चालक ज्यूलाई मेरो सानो खुला पत्र लेखन चाहन्छु ।

म नेपाली राष्ट्रिय टोलिको तर्फबाट कप्तान किरण चेम्जोङ आफ्नो व्यक्तिगततर्फ र एन्फाकोतर्फबाट सरकारलाई के सम्झाउन चाहन्छु ।

फूटबल मात्रै नभएर सम्पुर्ण खेलकुद सुचारु गर्न सबै मापदण्ड पूरा गरी पूर्ण सुचारु गर्न हजुरहरुलाइ आनुरोध गर्दछु । एकान दुईकान गर्दै हुनुहुन्छ ? के खेलाडी सधै मर्म मै पार्ने र मर्ने हो भने तपाईंहरुले सम्बन्धित निकाएमा बसेको के अर्थ रर्‍यो र । खेलाडी चै सधैं काठमाडौँको धुलोमा तपाईंहरु चै चिलो गाडीमा?

खेलकुद मन्त्रालय र नेपाली खेलकुद परिषदका माननीय ज्यू र समान्य आदरणीय नेपाल सरकारले सायद बिर्सनु भयो होला देशको नाम खेलकुद र खेलाडीले चिनाउने गरेको छ। यतिका महिना खेलाडी खेलकुद कुन दुर अवस्थामा छ भनेर सामान्य चासो पनि नदेखाउँदा फूटबलमा भविष्य देख्ने/खोज्ने भाइबहिनीमा कति असर परेको होला ? यो सबैले खुलस्त देखिन्छ ।

सम्पुर्ण देशमा फूटबल सुरु भै सक्दा पनि हाम्रो देशमा खेलकुदको विषयमा बोली दिने मान्छे भएन । खेलाडीका लागि मात्र होइन खेलकुद लागी पनि बोलिदिने मान्छे भएन । सबै देशमा फूटबल सुरु भैसक्दा पनि हाम्रो देशमा खेलमैदानको लागि दु:खद घडीमा बनाएको रंगशालामा फिलिमको सुटिङ, म्यूजिक भिडिओको लागि प्रेबेस खुला भयो ।

फूटबलका लागि खेल्न चै किन न हुने फूटबलले देशका लागि ठूलो असर पार्छ । अबका दिनमा सम्पुर्ण खेलमैदान मा खेल सुचारु गर्दिन आनुरोध गर्द आखिर कैलेसम्म नेपाली फूटबलको लोकदोहोरी फेस्बुकमा हेरेर बस्ने हामीले नेपाली फूटबलको विकासाका लागि कसैले केही गरेको देखिन । फूटबल खेलाडीले खेल्न बिर्से । सरकार फूटबल राजनीति जस्तो होइन बोले र मख्ख पर्न फूटबलमा हात खुट्टा र दिमाग् लगाए खेल्नपर्छ । अनि चिल्लो गाडिमा बसेर गफ लगाए जस्तो सजिलो पनि छैन ।

२ खुट्टा चलाए घर परिवार हेर्नू पर्ने हुन्छ ७ महिनादेखि बेरोजगार भएका खेलाडीको क्षतिपूर्ति कस्ले दिन्छ। जुन खेलाडी खेलेर नै जिविका चलाउँथ्यो ।  उ आज भोलि खेलमैदान छोडेर बिदेश पो जाँदैछ । यो लाज हुने कुरा हो । माननीय ज्यू त्यता पनि ध्यान दिने कि ?

जय देश जय देश जय नेपाली फूटबल ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  २ : ५२ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक