पाकिस्तानी मुलका अमेरिकी क्रिकेटर खान भन्छन्- राहिदले झैँ देशमा योगदान गर्नेछु | Khabarhub Khabarhub

पाकिस्तानी मुलका अमेरिकी क्रिकेटर खान भन्छन्- राहिदले झैँ देशमा योगदान गर्नेछु


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व चर्चित टी–ट्वान्टी फ्रेन्चाईजी इन्डियन प्रिमिमयर लिग (आईपीएल) खेल्ने हर क्रिकेटरको सपना हुन्छ।

करियर सुरु गर्दा आईपीएलको सपना टेस्ट राष्ट वा भारतीय क्रिकेटरका लागि सहज पनि हुन्छ ।

एसोसियट राष्ट्रका खेलाडीका लागि आईपीएलको सपना देख्नु निकै कठिन बन्न जान्छ । कारण हो एसोसियट क्रिकेट र टेस्ट राष्ट्रबीचको खाडल ।

एसोसियट राष्ट्र अमेरिकाका अलि खानले आईपीएलमा डेब्युको समय कुरिरहेका छन् । कोलकाता नाइट राइडर्समा आवद्ध उनी अफगानस्तानका लागि जुन योगदान राशिद खानले गरेका छन् त्यस्तै योगदान अमेरिकाका लागि गर्ने बताउँछन् ।

‘कसरी राहिद खानले अफगानस्तान क्रिकेटका लागि योगदान गरेका छन्, म अमेरिकी क्रिकेटका लागि त्यस्तै गर्न चहान्छु,’ उनले डेब्यु पछि भनेका छन् ।

क्रिकेट करियरमा देशका लागि खेलिसकेका उनले आईपीएलमा पनि डेब्यु गरेका छन् । जुन अमेरिकी क्रिकेटका लागि महत्वपूर्ण उपलब्धी हो ।

खान आईपीएल खेल्ने पहिलो अमेरिकी खेलाडी समेत हुन् । उनी आईपीएलको ड्राफ्टमा परेपछि कोलकाताले उनको क्रिकेट करियर अप्रत्यासित रहेको बताएको थियो ।

पाकिस्तानमा जन्मिएर अमेरिकाको जर्सिमा

‘योर्कर मेसिन’ उपनाम पाएका अलि खानको क्यारेबियन प्रिमियर लिग –सिपीएल) मा उनले दिएको प्रदर्शनको आधारमा टिममा अनुवन्ध गरेको थियो । सिपीएलमा उनले ट्रिन्बागो नाइट राइडर्सबाट खेलेका थिए । २९ वर्षिय अलिले पछिल्लो तीन सिजनमा दिएको सन्तुलित प्रदर्शनले उनको आईपीएल यात्रा सहज बनाएको हो ।

ट्रिन्बागोले उपाधि हात पार्दा २०२० मा उनले ७.४३ को इकोनोमिमा बलिङ गर्दै आठ खेलमा ८ विकेट हात पारेका थिए ।

पाकिस्तानमा जन्मिएका खानको परिवार उनी १९ वर्षको हुँदा अमेरिका सरेको थियो । टेप–बलले क्रिकेट खेल्दै हुर्किएका उनले कहिलै पनि आफुले व्यावसायिक क्रिकेट खेल्ने सपना नदेखेको बताएका छन् ।

‘बच्चामा हुर्किँदै गर्दा टेप बल क्रिकेट खेल्थे । मैले कहिलै पनि सोचेको थिएन कि म पनि कुनै दिन व्यावसायिक खेलाडी बन्ने छु,’ उनले भने, ‘म रमाइलोका लागि दाजुभाइसँग गल्लीमा क्रिकेट खेल्थ्यौं । गल्लीमा खेल्दा कति दिन छिमेकीका झ्यालको सिसा फुट्थे । अनि घर आउँदा गालि खाइन्थ्यो । मेरा अभिभावक निकै कडा हुनुहुन्थ्यो । उहाँहरु छोरो पढोस् भन्ने चहानुहुन्थो । क्रिकेट होइन पढ् पढ् भन्नु हुन्थ्यो ।’

फेसबुकाको म्यासेजले अगाडि बढेको क्रिकेट यात्रा

अलिको परिवार अमेरिका पुगेपछि उनलाई क्रिकेट खेल्ने हुटहुटीले छाडेन। क्रिकेट खेल्ने निधोसहित उनले डायटोनको ओहिओ भन्ने क्लबमा सम्पर्क गरे । उनले फेसबुकमार्फत् नै क्लबलाई म्यासेज पठाएका थिए । जुन म्यासेज उनको करियरको पहिलो गेर बन्यो ।

‘मैले ओहिओ लिग खेले त्यसपछि सन् २०१३ मा एक जना व्यक्ति जसको नाम हो म्याक क्युरेसीसँग भेट भयो । उनी युएस ओपन टि–ट्वान्टीका संस्थापक हुन् । उक्त प्रतियोगिता फ्ला्रिडामा डिसेम्बर महिनामा खेलिन्छ, ’ खानले भने, ‘मैले उनलाई फेसबुकमा सम्पर्क गरे । म क्रिकेट खेल्न चहान्छु भने । म तिव्र गतिको बलर हुँ । त्यहाँ कुनै अवसर छ ? उनले भने तिमी टिकट काट र आउ हामी हेछौं मन पर्यो भने हुनसक्छ ।’

त्यहिँबाट उनको क्रिकेट यात्रा सुरु भयो । उनी सिपीएलको गुएना अमेजन वारियर्सका लागि छनोट भएका थिए । त्यसअघि २०१५ मा उनले ट्रिनिडाडमा भएको आईसीसी अमेरिकाजको ५० ओभरको घरेलु लिग खेलेका थिए ।

सिपीएलको डेब्यु खेलको पहिलो बलमा उनले श्रीलंकाका लेजेन्ड कुमार साङ्गाकाराको विकेट लिएका थिए ।

अफगानस्तानका लेग स्पिनरले क्रिकेट हस्तीहरुको समुहमा अफगानस्तानलाई पुर्याउन महत्वपूर्ण योगदान दिएका कुरा कसैले पनि नकार्न सक्ने छैनन् ।

त्यसैगरी अमेरिकाका खान पनि आफ्नो टिमलाई अगाडि बढाउने सपना देखिरहेका छन् । बीबीसीबाट

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  २ : ५९ बजे

बबई नदीमा जलसतहले खतराको तह पार गर्‍यो

काठमाडौं– बबई नदीमा जलसतहले खतराको तह पार गरेको छ ।

डोका बिक्रीबाट राम्रो आम्दानी 

भोजपुर– भोजपुर टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ४० वर्षीय चन्दबहादुर तामाङले डोका

एनसेल बन्यो ‘भोल्टे रोमिङ सेवा’ सुरु गर्ने पहिलो नेपाली टेलिकम कम्पनी

काठमाडौं– नेपाल भ्रमणमा आउने विदेशीका साथै नेपाल बाहिर जाने ग्राहकका लागि

जनचासो सम्बोधन गरेर विधेयक समितिले कानुन परिमार्जन गर्नेछ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रमेश लेखकले बाहिर भइरहेका चर्चा, चासो र चिन्ता

बडीमालिका यात्रामा धनगढीदेखि जुम्लासम्मका सरकारी टोली, स्थानीय तहले दिए सार्वजनिक विदा 

धनगढी– बडीमालिका धार्मिक यात्रा २०८२ सुरु भएको छ । धर्तीको