‘जातको प्रश्न’ ले विवादमा तानिए राजेश हमाल, जलाइयो पुत्ला « Khabarhub

‘जातको प्रश्न’ ले विवादमा तानिए राजेश हमाल, जलाइयो पुत्ला


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता राजेश हमाल विवादमा तानिएका छन् । समता फाउन्डेसनको लगानीमा हमालले सञ्जालन गर्दै आइरहेको कार्यक्रम ‘जातको प्रश्न’ का कारण उनी विवादमा तानिएका हुन् ।

केही समयदेखि हमाल प्रस्तोता रहेको कार्यक्रम ‘जातको प्रश्न’ उत्पादन र प्रसारण गरिँदै आएको छ । कार्यक्रममा विभिन्न क्षेत्रमा अतिथिहरुले नेपालमा भइरहेको जातीय विभेद र छुवाछुतका बारेमा आफ्नो धारणा राख्दै आएका थिए ।

हमालले सञ्जालन गरेको कार्यक्रमले हिन्दूत्वमाथि आँच पुर्‍याएको भन्दै कार्यक्रमको विरोध भएको छ । सामाजिक सञ्जालमा क्रिश्चियनको लगानीमा नेपालमा हिन्दू धर्ममाथि प्रहार भएको भन्दै टिप्पणी हुन थालेको छ ।

कार्यक्रमको विरोध जनाउँदै राष्ट्रिय एकता अभियानको अगुवाइमा काठमाडौंको भीमसेनगोलामा हिन्दू समर्थकहरुले हमालको पुत्ला जलाएका छन् ।

विरोधमा उत्रिएकाहरुले नेपालीमा धार्मिक हिंसा भड्काउन कार्यक्रम सञ्चालन गरेको आरोप लगाएका छन् । यो कार्यक्रममा क्रिश्चियन एड नेपालको लगानी रहेकाले यसलाई जोडेर कतिपयले नेपालमा जातीयतामाथि प्रहार गर्नका लागि यो कार्यक्रम ल्याएको टिप्पणी गरेका छन् ।

यता समता फाउन्डेसनले भने एक विज्ञप्ति जारी गर्दै कार्यक्रमले कुनै निश्चित जात, धर्म, लिंग तथा क्षेत्रप्रति पूर्वाग्रह नराखेको जनाएको छ ।

कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको र युट्युबमा समता फाउन्डेसनको आधाकारिक च्यानलबाट प्रसारण गरिएको ‘जातको प्रश्न’ मा नेपालमा वर्ण व्यवस्था, समाजमा दलितमाथि हुने छुवाछुत जस्ता प्रश्नहरु सोध्ने गरिन्छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ३ : २४ बजे

रास्वपाको चुनावी भिडियो विवाद:’हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन