चीनले मिचेको नेपाली भूमि फिर्ताको माग राख्दै हिन्दु महासंघद्वारा प्रदर्शन « Khabarhub

चीनले मिचेको नेपाली भूमि फिर्ताको माग राख्दै हिन्दु महासंघद्वारा प्रदर्शन


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु-नेपाल विश्व हिन्दू महासंघले चीनले मिचेको नेपाली भूमि फिर्ताको माग राख्दै कपिलवस्तुमा मंगलबार प्रदर्शन गरेको छ ।

नेपाल विश्व हिन्दू महासंघ जिल्ला कार्य समितिले कपिलवस्तु जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेको हो ।

उनीहरुले चीनले मिचेको नेपाली भूमि फिर्ताको माग राख्दै नाराबाजी गरेका थिए ।

मिचिएको नेपाली भूमि फिर्ता गर, चिनियाँ अतिक्रमण बन्द गर, चौतर्फी सिमा सुरक्षा सुनिश्तित गर, चिनियाँ विस्तारवाद मुर्दावाद, हिन्दू धर्म संस्कृतिमाथीको हस्ताक्षेप बन्द गर लगायतका नारा लगाउँदै उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।

उनीहरुले कोरोनाको बहाना बनाएर दशैँ तिहारमा पूजा-अर्चना नरोक्न समेत सरकारसँग माग राखेका छन् ।

प्रदर्शनमा प्रदेश महासचिव निरन्जन यादव, उदयभन यादवलगायत महासंघका कार्यकर्ताहरुको उपस्थि तिरहेको थियो ।

सरकारले आफूहरुका माग पुरा नगरेमा चरणवद्ध आन्दोलन गर्ने महासंघले चेतावनी दिएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ५ : ४१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया