चीनले मिचेको नेपाली भूमि फिर्ताको माग राख्दै हिन्दु महासंघद्वारा प्रदर्शन | Khabarhub Khabarhub

चीनले मिचेको नेपाली भूमि फिर्ताको माग राख्दै हिन्दु महासंघद्वारा प्रदर्शन


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु-नेपाल विश्व हिन्दू महासंघले चीनले मिचेको नेपाली भूमि फिर्ताको माग राख्दै कपिलवस्तुमा मंगलबार प्रदर्शन गरेको छ ।

नेपाल विश्व हिन्दू महासंघ जिल्ला कार्य समितिले कपिलवस्तु जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेको हो ।

उनीहरुले चीनले मिचेको नेपाली भूमि फिर्ताको माग राख्दै नाराबाजी गरेका थिए ।

मिचिएको नेपाली भूमि फिर्ता गर, चिनियाँ अतिक्रमण बन्द गर, चौतर्फी सिमा सुरक्षा सुनिश्तित गर, चिनियाँ विस्तारवाद मुर्दावाद, हिन्दू धर्म संस्कृतिमाथीको हस्ताक्षेप बन्द गर लगायतका नारा लगाउँदै उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।

उनीहरुले कोरोनाको बहाना बनाएर दशैँ तिहारमा पूजा-अर्चना नरोक्न समेत सरकारसँग माग राखेका छन् ।

प्रदर्शनमा प्रदेश महासचिव निरन्जन यादव, उदयभन यादवलगायत महासंघका कार्यकर्ताहरुको उपस्थि तिरहेको थियो ।

सरकारले आफूहरुका माग पुरा नगरेमा चरणवद्ध आन्दोलन गर्ने महासंघले चेतावनी दिएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ५ : ४१ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट