१०६६ किलोको फर्सी फलाएर जिते १६ हजार ४५० डलर ! « Khabarhub

१०६६ किलोको फर्सी फलाएर जिते १६ हजार ४५० डलर !


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाको क्यालिफोर्नियास्थित हाफ मुन बेमा भएको फर्सी प्रतियोगिता १ हजार ६६ किलोको फर्सी फलाएर एक जनाले १६ हजार ४५० डलर जितेका छन् ।

हाफ मुन बेमा वर्षैपिच्छे सो प्रतियोगिता हुने गर्छ। ४७ औँ संस्करण यो प्रतियोगितामा मिनोसेटाका ४० वर्षीय बागबानी शिक्षक ट्राभिस गिंगरले सो फर्सी फलाएका हुन्।

महामारीका बेला गिंगरले धेरैजसो समय घरपछाडि रहेको फर्सीको हेरचाहमा बिताएका थिए। उनले दिनमै १० पटकसम्म पानी र कम्तीमा दुई पटक मल हाल्ने गरेका थिए।

उनले उक्त फर्सी प्रतियोगितामा सामेल गराउन गाडीमा बोकेर ३५ घण्टाको यात्रा गरी पुगेका थिए।

उनले भनेका छन्, ‘साह्रै कठिन यात्रा थियो। धक्का लागेपछि फर्सी फुट्ने हो कि भनेर तर्सिन्थेँ ।’

प्रतियोगितामा सर्वोत्कृष्ट बनेको उक्त फर्कीका लागि उनलाई पुरस्कारस्वरुप १६ हजार ४५० डलर प्रदान गरिएको थियो ।

सन् २०१८ मा १ हजार १३४ किलोको फर्सीले यो प्रतियोगिता जितेको थियो। सन् २०१६ मा बेल्जियमका एक किसानले १ हजार १७९ किलोको फर्सी फलाएर विश्व कीर्तिमान कायम गरेका थिए।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ४ : ०८ बजे

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म