१०६६ किलोको फर्सी फलाएर जिते १६ हजार ४५० डलर ! | Khabarhub Khabarhub

१०६६ किलोको फर्सी फलाएर जिते १६ हजार ४५० डलर !


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाको क्यालिफोर्नियास्थित हाफ मुन बेमा भएको फर्सी प्रतियोगिता १ हजार ६६ किलोको फर्सी फलाएर एक जनाले १६ हजार ४५० डलर जितेका छन् ।

हाफ मुन बेमा वर्षैपिच्छे सो प्रतियोगिता हुने गर्छ। ४७ औँ संस्करण यो प्रतियोगितामा मिनोसेटाका ४० वर्षीय बागबानी शिक्षक ट्राभिस गिंगरले सो फर्सी फलाएका हुन्।

महामारीका बेला गिंगरले धेरैजसो समय घरपछाडि रहेको फर्सीको हेरचाहमा बिताएका थिए। उनले दिनमै १० पटकसम्म पानी र कम्तीमा दुई पटक मल हाल्ने गरेका थिए।

उनले उक्त फर्सी प्रतियोगितामा सामेल गराउन गाडीमा बोकेर ३५ घण्टाको यात्रा गरी पुगेका थिए।

उनले भनेका छन्, ‘साह्रै कठिन यात्रा थियो। धक्का लागेपछि फर्सी फुट्ने हो कि भनेर तर्सिन्थेँ ।’

प्रतियोगितामा सर्वोत्कृष्ट बनेको उक्त फर्कीका लागि उनलाई पुरस्कारस्वरुप १६ हजार ४५० डलर प्रदान गरिएको थियो ।

सन् २०१८ मा १ हजार १३४ किलोको फर्सीले यो प्रतियोगिता जितेको थियो। सन् २०१६ मा बेल्जियमका एक किसानले १ हजार १७९ किलोको फर्सी फलाएर विश्व कीर्तिमान कायम गरेका थिए।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ४ : ०८ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला