यस्ता छन् मुलाका फाइदा « Khabarhub

यस्ता छन् मुलाका फाइदा


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुला बहुगुणी मात्र होइन, बहुउपयोगी पनि छ । यसलाई तपाई अचार बनाएर खान सक्नुहुनेछ, तरकारी बनाएर खान सक्नुहुनेछ, सलादको रुपमा खान सक्नुहुनेछ । अरु विभिन्न परिकारमा मिश्रण गरेर खान सक्नुहुन्छ ।

आधुनिक जीवनशैलीका कारण मानिसहरु जंकफुड, चिल्लो, पिरो, तारेको तथा भुटेको खानेकुरातिर आर्कषित बन्दै गएका छन् ।

यस्ता खानेकुराले पेट सम्बन्धि समस्या निम्त्याउनुका साथै उच्च रक्तचाप, हाई कोलेस्ट्रोल, मधुमेह, मोटोपना, मुटु रोग, क्यान्सर, लगायतका दिर्घकालीन रोग निम्त्याउने गर्दछ ।

यस्ता समस्याबाट बच्नका लागि ताजा एवं स्वस्थ खानपान जरुरी छ । स्वस्थ खानपान विशेषगरी फलफुल, तरकारी हरिया साजसब्जी लगायतबाट पाइन्छ ।

खानामा हरिया सागसब्जी, गेडागुडी तथा सलादको मात्रा बढाएर पनि शरीरलाई आवश्यक पर्ने पोषणतत्व प्रदान गर्न सकिन्छ । सलादमा पनि विशेषगरी गाजर, मुला, काक्रो, टमाटरलाई विशेष स्थान दिन सकिन्छ ।

मुलाका फाइदाहरु

पाइल्सको समस्या कम गर्छ

कब्जियतका कारण पनि पाइल्स हुने गर्छ । मुलामा डिटक्सिफाइङ्ग गुण हुन्छ जसले पाचन प्रणालीलाई चुस्त बनाई कब्जियत हुने समस्याबाट राहत प्रदान गर्छ ।

त्यसैले पनि पाइल्स हुने व्यक्तिलाई चिकित्सकहरु मुला वा मुलाको जुस सेवन गर्न सल्लाह दिने गर्दछन् ।

तौल घटाउँछ

मुलामा ननडाइजेस्टिबल कार्बोहाइड्रेट भरपुर मात्रामा पाइन्छ तौल कम गर्नमा लाभदायक मानिन्छ । त्यसबाहेक, मुलामा क्यालोरीको मात्रा ज्यादै न्युन हुन्छ र यसले शरीरको फ्याटलाई एकत्रित हुनबाट रोक्ने काम गर्छ ।

त्यतिमात्र हैन, यसले वेली फ्याट पनि कम गर्ने हुँदा वजन कम गर्न चाहनेहरुका लागि राम्रो विकल्प हुन सक्दछ ।

मांसपेशी मजबुत बनाउँछ

मांसपेशीलाई मजबुती प्रदान गर्नका लागि पनि शरीरलाई विभिन्न पोषणतत्वको आवश्यकता पर्छ । त्यसमध्यको एक प्रोटिन पनि हो, जसले मांसपेशीमा व्लिडिङ्ग व्लक सरह काम गर्छ । र मुलामा प्रशस्त मात्रामा प्रोटिन पाइने हुदाँ मांसपेशीलाई मजबुत बनाउन पनि मुला सेवन गर्न जरुरी छ ।

कलेजो स्वस्थ राख्छ

जण्डिस लाग्दा होस् वा कलेजो सम्बन्धि कुनै समस्या हुदाँ होस्, चिकित्सकहरु प्राय मुला सेवन गर्नु सल्लाह दिने गर्छन् । मुलामा विशेषगरी एन्टी व्याक्टेरियल गुण हुन्छ जसले पेट र कलेजोलाई स्वस्थ राख्न मद्दत गर्छ ।

मुलामा डिटक्सिफाइङ्ग तत्व समेत हुने भएकोले यसले रगतमा भएका विषाक्तलाई छान्न (प्युरिफाई गर्न) मद्दत गर्छ । साथै, यसले कलेजामा हुने विषाक्तलाई समेत सफा गरी कलेजोमा संक्रमण हुनबाट जोगाउँछ ।

प्रतिरोधी क्षमता बढाउँछ

मुलामा एन्टी अक्सिडेन्ट उच्च पाइन्छ । एन्टी अक्सिडेन्टले फ्रि रेडिकल्ससित लड्नमा मद्दत गर्छ र सेल्स विग्रनबाट जोगाउँछ ।

मुलाले शरीरमा विषाक्त जम्मा हुनबाट रोक्नुका साथै शरीरमा रहेका सम्पूर्ण विषाक्तलाई बाहिर फाल्नमा मद्दत गर्छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ६ : ३१ बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ