इथियोपियाको द्वन्द्वमा सयौँ व्यक्तिको हत्या भएको एमनेष्टीको दाबी « Khabarhub

इथियोपियाको द्वन्द्वमा सयौँ व्यक्तिको हत्या भएको एमनेष्टीको दाबी


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इथियोपियामा जारी द्वन्द्वमा सयौँ व्यक्तिको हत्या भएको एमनेष्टी इन्टरनेशनलले जनाएको छ ।

उत्तरी इथियोपियाको तिग्रेमा जारी द्वन्द्वमा नरसंहार भएको एमनेष्टीले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

द्वन्द्वमा मारिएका अधिकांश मजदुर र न्यून आय भएकाहरु रहेको एमनेष्टीले दावी गरेको छ ।

संघीय सरकारले उत्तरी राज्यमा नयाँ कानुन तय गर्ने क्रममा तिग्रे पिपल्स लिबरेसन फन्ट (टीपीएलएफ)ले संघीय सैन्य आधार शिविरहरुमा हमला गरेको भन्दै गत साताबाट सेनाले सैन्य कारवाही सुरू गरेको छ ।

त्यस क्षेत्रमा दुवै पक्षका सेनाबीच अहिले पनि हतियार भण्डारण गरिएका क्षेत्रलाई केन्द्रित बनाई हमला भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

विद्रोही र सरकारी सेनाबीचको भीडन्तका कारण सार्वजनिक तथा निजी संरचनाहरु क्षतिग्रस्त भएका छन् ।

आक्रमणबाट बच्न हजारौं नागरिक विस्थापित भएका छन् । बिस्थापितहरु सीमापार गर्दै शरणार्थी शिविरमा पुगेको एमनेष्टीले जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ७ : १५ बजे

कांग्रेस नेता-कार्यकर्तालाई देउवाको अपिल : गगनहरूले बोलाएको महाधिवेशनमा भाग नलिनू

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सभापति संस्थापन पक्षको महाधिवेशनमा

कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्ड अवरुद्ध

हुम्ला– लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको

गुठी विधेयक चाँडै ल्याइने छ : मन्त्री रावल

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

सरुवा भएका निजामती कर्मचारीलाई अनिवार्य रमाना दिन निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

मकवानपुरमा यात्रुवाहक ईभी गाडी दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौरामा मंगलबार दिउँसो यात्रुवाहक विद्युतीय गाडी