१२ स्वभाव भएका यस्ता मानिस जसले कहिल्यै कमाउँदैनन् धन | Khabarhub Khabarhub

१२ स्वभाव भएका यस्ता मानिस जसले कहिल्यै कमाउँदैनन् धन


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धनी बन्ने रहर सबै मानिसको हुन्छ । तर, सबैले भनेझैँ धन कमाउन सक्दैनन् । आज हामी कस्ता मानिसले धन कमाउन सक्दैनन् भन्ने विषय उल्लेख गर्दैछौँ ।

सपना देख्ने क्षमता नभएका व्यक्ति : सपना देख्ने क्षमता नभएका व्यक्तिहरु कहिल्यै पनि धनी बन्न सक्दैनन् किनभने उनीहरुसँग जीवनको कुनै लक्ष्य नै हुँदैन । उद्देश्य नभएका मानिसहरुको जीवन के गर्ने, कसो गर्ने भन्ने विषयमा रुमलिँदै बित्छ ।

समयको महत्व नबुझ्ने मानिस : समयको महत्व नबुझ्ने र साघुँरो सोच भएका मानिसहरु पनि कहिल्यै धनी बन्न सक्दैनन् । आजको युगमा जो मानिस समयको गतिसँगै दौडिन सक्छ उसले मात्र सफलता हासिल गर्न सक्छ । त्यसैले समयमा काम गरेमा मात्रै भाग्य खुल्छ र धन आर्जन गर्न सकिन्छ ।

कमाई अनुसार बचत नगर्ने मानिस : कमाई अनुसार बचत नगर्ने मानिस पनि जीवनभर धनी बन्न सक्दैनन् । धनी हुनका लागि निश्चित रकम बचत जरूरी छ । यदी तपाई जतिसुकै कमाउनुहोस् बचत गर्नु हुन्न भने तपाई कहिल्यै धनी बन्न सक्नुहुन्न ।

इच्छा शक्ति नभएका मानिस : केही गर्ने इच्छा शक्ति नभएका मानिसहरु पनि धनी बन्न सक्दैनन् । त्यसैले मानिसमा केही गर्छु भन्ने इच्छा शक्ति हुनु जरुरी हुन्छ ।

संकिर्ण सोचाई भएका मानिसहरु : संकिर्ण सोचाइ बोकेर हिड्ने व्यक्तिहरु पनि कहिल्यै धनी बन्न सक्दैनन् । साघुँरो सोचाइ बोकेर मै खाऊँ मै लाऊ भन्ने सोचले अगाडि बढ्ने मानिसहरुले कहिल्यै सफलता हात पादैनन् ।

भाग्यमा विश्वास गर्ने मानिस : भाग्यमा विश्वास गरेर भगवान् भरोसा गर्ने मानिस पनि जीवनभर धनी बन्न सक्दैनन् । यस्ता मानिसहरु दिनदिनै कमजोर बन्दै जान्छन् ।

ऋण लिने र अस्वस्थ्य व्यक्तिः ऋण लिने मान्छे र अस्वस्थ्य व्यक्ति पनि कहिल्यै धनी बन्न सक्दैनन् । यिनिहरुले जीवनभर दुःख, कष्ट गर्दै आफ्नो जीवन व्यतित गर्छन् ।

मनोबल कमजोर भएका व्यक्तिहरु : आफ्नो मनोबललाई कमजोर पार्ने मानिसहरुले पनि गरिबी मै जीवन बिताउँछन् ।

अरुलाई अपमान गर्ने व्यक्तिहरु : अरुलाई अपमान गर्ने व्यक्तिहरु पनि कहिल्यै धनी बन्न सक्दैनन् । किनकी धनी बन्न र सम्मान पाउन अरुलाई पनि सम्मान गर्नुपर्छ ।

स्त्रीलाई अपमान गर्ने मानिस : स्त्री अर्थात नारीहरु शक्ति हुन । लक्ष्मीको रुप हुन् । त्यसैले स्त्री अर्थात नारीलाई सम्मान नगर्ने मानिस पनि जीवनभर धनी बन्न सक्दैनन् । नारीलाई गलत दृष्टिले हेर्नेहरुमाथि लक्ष्मीको नजर पर्दैन ।

लगनशील भएर कर्म नगर्ने मानिस : जीवन धेरै संघर्षशिल छ । जसले मेहनत र संघर्ष गर्छ उसले मात्र सफलता हात पार्न सक्छ । त्यसैले अल्छी मानिसहरु कहिल्यै धनी बन्न सक्दैनन् ।

कुलतमा फसेका व्यक्ति : कुलतमा फसेका व्यक्तिहरुले पनि जीवनमा धन हात पार्न सक्दैनन् । यीनिहरु कहिल्यै धनको सदुपयोग गर्न जान्दैनन् । जतिसुकै कमाउने मानिस किन नहोस् यदि ऊ कुलतमा फसेको छ भने कहिले धनी बन्न सक्दैन् ।

माथि उल्लेखित बानीहरु सुधार गर्दै जानुभयो भने तपाईलाई धनी बन्न कसैले छेक्दैन ।- एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ५ : ५५ बजे

प्रकाशमानले छुट्याए गणेशमानको नाम जोडिएका ५० आयोजनामा बजेट

काठमाडौं– सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्ना पिता तथा २०४६

नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य

तीन लाख किम्बुका बेर्ना बिक्रीका लागि तयार 

चितवन– व्यवसायिक किट विकास फर्म भण्डाराले तीन लाख बढी किम्बुका

उद्योगीलाई जग्गा किन्न लगाउने होइन, कन्ट्रयाक्टमा दिने व्यवस्था राम्रो हुन्छ

काठमाडौँ – नेपालको भूमिको वितरण सामन्ती प्रणालीमा आधारित रहेको यथार्थ

मुग्लिन-पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम 

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्डमा ५३ प्रतिशत काम