१२ स्वभाव भएका यस्ता मानिस जसले कहिल्यै कमाउँदैनन् धन « Khabarhub

१२ स्वभाव भएका यस्ता मानिस जसले कहिल्यै कमाउँदैनन् धन


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धनी बन्ने रहर सबै मानिसको हुन्छ । तर, सबैले भनेझैँ धन कमाउन सक्दैनन् । आज हामी कस्ता मानिसले धन कमाउन सक्दैनन् भन्ने विषय उल्लेख गर्दैछौँ ।

सपना देख्ने क्षमता नभएका व्यक्ति : सपना देख्ने क्षमता नभएका व्यक्तिहरु कहिल्यै पनि धनी बन्न सक्दैनन् किनभने उनीहरुसँग जीवनको कुनै लक्ष्य नै हुँदैन । उद्देश्य नभएका मानिसहरुको जीवन के गर्ने, कसो गर्ने भन्ने विषयमा रुमलिँदै बित्छ ।

समयको महत्व नबुझ्ने मानिस : समयको महत्व नबुझ्ने र साघुँरो सोच भएका मानिसहरु पनि कहिल्यै धनी बन्न सक्दैनन् । आजको युगमा जो मानिस समयको गतिसँगै दौडिन सक्छ उसले मात्र सफलता हासिल गर्न सक्छ । त्यसैले समयमा काम गरेमा मात्रै भाग्य खुल्छ र धन आर्जन गर्न सकिन्छ ।

कमाई अनुसार बचत नगर्ने मानिस : कमाई अनुसार बचत नगर्ने मानिस पनि जीवनभर धनी बन्न सक्दैनन् । धनी हुनका लागि निश्चित रकम बचत जरूरी छ । यदी तपाई जतिसुकै कमाउनुहोस् बचत गर्नु हुन्न भने तपाई कहिल्यै धनी बन्न सक्नुहुन्न ।

इच्छा शक्ति नभएका मानिस : केही गर्ने इच्छा शक्ति नभएका मानिसहरु पनि धनी बन्न सक्दैनन् । त्यसैले मानिसमा केही गर्छु भन्ने इच्छा शक्ति हुनु जरुरी हुन्छ ।

संकिर्ण सोचाई भएका मानिसहरु : संकिर्ण सोचाइ बोकेर हिड्ने व्यक्तिहरु पनि कहिल्यै धनी बन्न सक्दैनन् । साघुँरो सोचाइ बोकेर मै खाऊँ मै लाऊ भन्ने सोचले अगाडि बढ्ने मानिसहरुले कहिल्यै सफलता हात पादैनन् ।

भाग्यमा विश्वास गर्ने मानिस : भाग्यमा विश्वास गरेर भगवान् भरोसा गर्ने मानिस पनि जीवनभर धनी बन्न सक्दैनन् । यस्ता मानिसहरु दिनदिनै कमजोर बन्दै जान्छन् ।

ऋण लिने र अस्वस्थ्य व्यक्तिः ऋण लिने मान्छे र अस्वस्थ्य व्यक्ति पनि कहिल्यै धनी बन्न सक्दैनन् । यिनिहरुले जीवनभर दुःख, कष्ट गर्दै आफ्नो जीवन व्यतित गर्छन् ।

मनोबल कमजोर भएका व्यक्तिहरु : आफ्नो मनोबललाई कमजोर पार्ने मानिसहरुले पनि गरिबी मै जीवन बिताउँछन् ।

अरुलाई अपमान गर्ने व्यक्तिहरु : अरुलाई अपमान गर्ने व्यक्तिहरु पनि कहिल्यै धनी बन्न सक्दैनन् । किनकी धनी बन्न र सम्मान पाउन अरुलाई पनि सम्मान गर्नुपर्छ ।

स्त्रीलाई अपमान गर्ने मानिस : स्त्री अर्थात नारीहरु शक्ति हुन । लक्ष्मीको रुप हुन् । त्यसैले स्त्री अर्थात नारीलाई सम्मान नगर्ने मानिस पनि जीवनभर धनी बन्न सक्दैनन् । नारीलाई गलत दृष्टिले हेर्नेहरुमाथि लक्ष्मीको नजर पर्दैन ।

लगनशील भएर कर्म नगर्ने मानिस : जीवन धेरै संघर्षशिल छ । जसले मेहनत र संघर्ष गर्छ उसले मात्र सफलता हात पार्न सक्छ । त्यसैले अल्छी मानिसहरु कहिल्यै धनी बन्न सक्दैनन् ।

कुलतमा फसेका व्यक्ति : कुलतमा फसेका व्यक्तिहरुले पनि जीवनमा धन हात पार्न सक्दैनन् । यीनिहरु कहिल्यै धनको सदुपयोग गर्न जान्दैनन् । जतिसुकै कमाउने मानिस किन नहोस् यदि ऊ कुलतमा फसेको छ भने कहिले धनी बन्न सक्दैन् ।

माथि उल्लेखित बानीहरु सुधार गर्दै जानुभयो भने तपाईलाई धनी बन्न कसैले छेक्दैन ।- एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ५ : ५५ बजे

होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशले तेल उत्पादन बढाउने

भियना- तेल उत्पादन गर्ने प्रमुख देशहरूको समूह ‘ओपेक प्लस’ मा

सुहाङको प्रस्ताव : सुकुम्वासीलाई राखिएको होल्डिङ सेन्टर अनुगमनमा तत्कालै जाऊँ

काठमाडौं- संघीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिमा सांसद

संसदीय समितिमा विपक्षीले घेरे सरकारलाई, संसद् छलेर अध्यादेशको बाटोमा गएको आरोप

काठमाडौं- प्रतिपक्षी दलका सांसदहरुले संसद्लाई छलेर अध्यादेश ल्याइएको भन्दै आपत्ति

आशा जगाउने बजेट ल्याउछौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आशा जगाउने किसिमको बजेट ल्याउने बताएका

बागमतीका मुख्यमन्त्रीको घरमा पस्यो सम्पत्ति शुद्धीकरण विभाग

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घरमा सम्पत्ति शुद्धीकरण विभागले