महाकाली नदी माथिको झोलुङ्गे पुलमा आवागमन बन्द « Khabarhub

महाकाली नदी माथिको झोलुङ्गे पुलमा आवागमन बन्द


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको महाकाली नदी माथिको मल्टीस्पान झोलुङ्गे पुलको आवागमन आज बन्द गरिएको छ ।

पुल मर्मतका लागि महाकाली नगरपालिकाले पुलको आवागमन बन्द गरेको हो । आज बिहान ११:३० देखि अपराह्न ३ बजे सम्मका लागि पुल भएर आवागमन बन्द गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले जानकारी दिए ।

‘अत्यधिक भारका कारण पुलका नट बोल्ट खुस्केका, डेकहरु टुटेका कारण पुलको मर्मत नहुन्जेल सम्मका लागि बन्द गरिएको छ’, उनले  भने, ‘पुल मर्मतको कार्य पूरा नहुन्जेल आवागमन नगरिदिन समेत आग्रह गरेका छौँ ।’

गतवर्ष मात्रै जीर्ण पुलको सुदूरपश्चिम सरकारले रु ६० लाख खर्चेर ठेक्का प्रकृयामाफर्त मर्मत गरेको थियो ।

डडेल्धुराको खाम्पाचे देबभूमि कन्स्ट्रक्सन तथा क्वालिटी सप्लायर्श अमरगढी–५ जेभीले पुल मर्मतको ठेक्का लिएको थियो । पुल मर्मत गरेको एक वर्ष नपुग्दै पुनः मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ ।

महाकाली नदी पारीको माहाकाली नगरपालिका जोड्ने डेढ मिटर चौडाइको पुलको लम्बाइ एक हजार ४५२ मिटर छ ।

नेपालमा रहेका सबै प्रकारका पुलमध्ये यो पुल नै सबैभन्दा लामो पुल हो । विसं २०६१ सालमा रु ९ करोड ४२ लाख ४१ हजारमा पुल निर्माण गरिएको थियो । यो पुल एसियामै लामो झोलुङ्गे पुलका रुपमा परिचित छ । पुल ३२.७ मिटरका ७ ओटा अग्ला टावरमा ठड्याइएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ११ : ५६ बजे

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा