प्रचण्डलाई ओलीको पत्र – आफ्नो जिम्मेवारी पूरा नगर्ने, हस्तक्षेप मात्रै गर्ने? « Khabarhub

प्रचण्डलाई ओलीको पत्र – आफ्नो जिम्मेवारी पूरा नगर्ने, हस्तक्षेप मात्रै गर्ने?


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका असन्तुष्ट पक्षलाई आरोपमात्रै लगाउने गरेको भन्दै ध्यानाकर्षण गराएका छन् । उनले आरोप लगाएको तर विवाद समाधानका उपाय दिन नसकेकोप्रति ध्यानार्कषण गराएका छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आरोप मात्र लगाउने गरेको भन्दै लिखित पत्रमार्फत ध्यानाकर्षण गराएका हुन् ।

प्रधानमन्त्रीले प्रचण्ड–नेपाल समूहले आफूमाथि आरोप लगाइरहेको तर पार्टी विवादका लागि के गर्ने भन्ने उपाय नदिएको भन्दै लिखित पत्र पठाएको स्रोतले बतायो । स्रोतका अनुसार भदौ २६ को स्थायी कमिटी बैठकले सरकार र पार्टीको अलग अलग जिम्मेवारी दिँदा पनि प्रचण्डले कुनै काम नगरेको भन्दै ओलीले प्रचण्डलाई सचेत गराएका छन् ।

पत्रमा सरकारको काम कारबाहीमा सल्लाह र नीतिगत सुझाव दिने जिम्मेवारी प्रचण्डको भए पनि प्रचण्डले सरकार नै सञ्चालन गर्न पाउनुपर्ने जसरी व्यवहार गरेको उल्लेख गरिएको छ । ओलीले प्रचण्डलाई स्थायी कमिटीको निर्णयविपरीत उभिएको बताएका छन् ।

गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकले पार्टीको सम्पूर्ण जिम्मेवारी प्रचण्डलाई तोकेको थियो । त्यसपछि १० दिनभित्र ल्याउनुपर्ने महाधिवेशन कार्ययोजना पेस गर्नुपर्नेमा नगरेको तर सरकारका काम कारबाहीप्रति निरन्तर हस्तक्षेप गरिरहेको ओलीले पत्रमा उल्लेख गरेका छन् ।

गत कात्तिक २२ गते प्रधानमन्त्री ओलीलाई सचिवालय बैठक बोलाउनुपर्ने लिखित माग राख्दै प्रचण्ड–नेपाल पक्षले माग राखेपछि त्यसको जवाव र प्रतिप्रश्नसहित ५ पृष्ठ लामो पत्र ओलीले प्रचण्डलाई पठाएका हुन् । कार्यकारी अध्यक्ष प्रचण्डलाई लेखेको पत्रमा असन्तुष्ट समूहका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई बोधार्थ दिइएको छ ।

पत्रमा प्रधानमन्त्रीलाई आफ्नो संवैधानिक अधिकार प्रयोग गर्न नदिने, नीतिगत सुझाव दिनुको सट्टा आरोपमात्रै लगाएर निकास दिन आनाकानी गर्ने, राजनीतिक नियुक्तिदेखि पियनसम्ममा चासो राख्ने काम गरेको उल्लेख भएको स्रोतले बतायो ।

प्रचण्डले पार्टीभित्रको विवाद मिलाउने खाका ल्याउननसकेको, महाधिवेशनको मस्यौदा बनाउन नसकेको तर सरकारमाथि निरन्तर हस्तक्षेप गरेको पत्रमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले पार्टीको आधिकारिक कमिटीमा छलफल नगर्ने तर विभिन्न गुटका बैठक राखेर गरेको निर्णय लागू गराउन खोज्दा समस्या भएको आरोप समेत लगाएका छन्।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  २ : ५० बजे

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, आठवटा लाइन राखेर दर्शन

काठमाडौं– हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३

बाढीमा परेकी महिलाको शवबाट झिकियो सुन, नुवाकोटको बिदुरबाट पाँचजना समातिए

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच