फ्रान्समा लकडाउन डिसेम्बरसम्म जारी रहने « Khabarhub

फ्रान्समा लकडाउन डिसेम्बरसम्म जारी रहने


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को – फ्रान्समा कोरोना भाइरसका कारण गरिएको लकडाउन आगामी डिसेम्बर महिनासम्म गरिने बताइएको छ ।

सो कुराको जानकारी फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेस्कले दिएका हुन् । फ्रान्समा जारी रहेको लकडाउन आगामी डिसेम्बर महिनासम्म नै कायम रहने बताएका हुन् ।

प्रधानमन्त्री क्यास्टेकको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा  उनले भनेका छन् – म र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले कम्तीमा आगामी महिनासम्म यो अहिलेको लकडाउन जारी राख्ने निर्णय गरेका छौँ ।

यो लकडानको अवधिमा तोकिएको समयमा भन्दा बाहेक मानिसहरु घरबाट बाहिर निस्कन पाउने छैनन् भने कतिपय प्रतिबन्ध गरिएका सेवाहरु पनि सुचारु गर्न पाइने छैन । फ्रान्स सरकारले कोरोना भाइरसका संक्रमितहरु पहिलेको तुलनामा निकै नै बढ्न थालेपछि लकडाउन गरेको छ ।

प्रधानमन्त्री क्यास्टेकले पछिल्लो चरणमा देखा परेको कोरोना भाइरसको प्रभाव निकै नै रहेको देखिएको बताएका छन् । उनका अनुसार फ्रान्समा पछिल्लो हप्ताको तथ्यांक हेर्दा हरेक दिन कम्तीमा पनि ५०० जनाको निधन नै हुने गरेको छ भने दैनिक हजारौँ जना संक्रमितहरु थपिने गरेका छन् ।

यसैले यहाँको सरकारले कडा खालको नाकाबन्दी गरेको छ । यहाँका नागरिकले यस लकडाउनको विरोध पनि गरेका थिए । तर प्रशासनले भने सरकारले गरेको लकडाउनको कार्यान्वयन गराउनका लागि ठूलो निगरानी गरेको जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ६ : २७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया