स्थानीय तहलाई अझै प्रभावकारी बनाऔँ : उपप्रधानमन्त्री पोखरेल « Khabarhub

स्थानीय तहलाई अझै प्रभावकारी बनाऔँ : उपप्रधानमन्त्री पोखरेल


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधानमन्त्री इश्वर पोखरेलले सङ्घीय व्यवस्थाको सफल कार्यान्वयनका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भएकाले ती तहले अझै प्रभावकारीरूपमा काम गर्नुपर्ने बताएका छन् ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले आज आयोजना गरेको ‘गाउँपालिकाका असल अध्यासको सँगालो’ पुस्तकको भर्चुअलरूपमा लोकार्पण गर्दै उपप्रधानमन्त्री पोखरेलले सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यले मात्र देशको समृद्धि र विकास सम्भव हुने बताएका हुन् ।

उनले स्थानीय सरकारलाई केन्द्र सरकारका तर्फबाट हुनुपर्ने साथ र सहयोग सधै रहने पनि स्पष्ट पारे ।

कोरोना महामारीको रोकथाम र उपचारका लागि स्थानीय तहले गरेका कामको उपप्रधानमन्त्री पोखरेलले प्रशंसा पनि गरे ।

नेकपाका स्थायी कमिटी सदस्य गोकर्णराज विष्टले निर्वाचनका समयमा जनतामाझ गरिएका वाचा पूरा गर्न जनप्रतिनिधिले गरेको सकारात्मक अभ्यासको प्रचार प्रसार हुनुपर्ने बताए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले स्थानीय तहले गरेका राम्रा कामले गर्दा वर्तमान समयमा जनताले नजिकबाट सरकार भएको अनुभुति गरेको धारणा राखे ।

महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले उक्त पुस्तकले स्थानीय तहको आवश्यकता र महत्वबारे थप स्पष्ट पारेको जनाए ।

पुस्तकमा पाँच विषयगत क्षेत्रमा समावेश गरिएको छ, जसमा ‘संस्थागत सुदृढीकरण, सेवा प्रवाह र अन्तरसरकार समन्वय’, ‘भौतिक विकास’, ‘सामाजिक विकास’, ‘आर्थिक विकास’ र ‘वन वातावरण तथा विपत् व्यवस्थापन’ छन् ।

मुलुकभरका ६६ जिल्लाका गाउँपालिका पुस्तकमा समेटीएका छन् । प्रदेशगत रुपमा सबैभन्दा बढी बागमती प्रदेशका ६२, प्रदेश नं. १ का ३८, लुम्बीनी प्रदेशका ३९, गण्डकी प्रदेशका ३१, कर्णाली प्रदेश २८ र सुदूरपश्चिम प्रदेश २६ वटा अभ्यासहरु पुस्तकमा समेटीएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ६ : ४२ बजे

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान