कांग्रेस केन्द्रीय कार्यसमितिमा १० जना थपिए, सहमहामन्त्रीमा सुनिल थापा « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमितिमा १० जना थपिए, सहमहामन्त्रीमा सुनिल थापा


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिमा १० जना नयाँ सदस्य समायोजन गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले राप्रपाका नेता सुनिलबहादुर थापा सहित सो पार्टीका केन्द्रीय कार्यसमितिका १६ जना सदस्य सहित जम्मा ३१ जना कांग्रेस पार्टीमा प्रवेश गरेकामध्ये १० जनालाई केन्द्रीय कार्यसमितिमा समायोजन गर्ने निर्णय गरेको हो । जसअनुसार थापालाई सहमहामन्त्री बनाइएको छ ।

बैठकले क्रियाशील सदस्यताको विवरण मंसिर मसान्तसम्म काठमाडौंमा ल्याउने पनि निर्णय भएको कांग्रेसका सहमहामन्त्री डा प्रकाशरण महतले जानकारी दिए।

त्यस्तै बैठकले सांसद सूर्यकुमार केसीको निधनपछि रिक्त रहेको कांग्रेस कोटाको समानुपातिक सांसदमा मोहन पाण्डेलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै बैठकले देशमा व्याप्त महामारी, भ्रष्टाचार, मूल्यवृद्धि, कालावजारी, कृतिम अभाव, वेरोजगारी, किसानका समस्या सरकारको अकर्मण्यता, गैर जिम्मेवारी र अलोकतान्त्रिक चिन्तनको उपज भएको ठहर पनि गरेको छ ।

पार्टीभित्रका समस्या समाधानका लागि विस्तृत छलफल गर्न तिहारपछि पुनः बैठक बस्ने निर्णय भएको महतले जानकारी दिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ८ : ५५ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक