कसरी बने रजनीकान्त बस कन्डक्टरबाट ‘सुपरस्टार’ ? « Khabarhub

कसरी बने रजनीकान्त बस कन्डक्टरबाट ‘सुपरस्टार’ ?


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – दक्षिण भारतीय रजनीकान्तले केही समयअघि राजनीतिमा आउने बताएका थिए । उनले छिट्टै आफ्नो राजनैतिक करिअर पनि शुरु गर्दैछन् । सन् २०२१ मा हुने तमिल नाडु विधानसभा चुनावमा रजनीकान्त पनि मैदानमा हुनेछन् ।

उनले आफ्नो करिअर कन्डक्टरबाट शुरु गरेका थिए । त्यतिबेला नै उनलाई फिल्ममा अफर मिल्यो । र, संघर्ष गर्दै उनी अहिले दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार भए ।

सन् १९५० मा मराठी परिवारमा जन्मिएका रजनीकान्त सम्पन्न परिवारमा जन्मिएका थिएनन् । उनको वास्तविक नाम शिवाजी राव गायकवाड हो । चार सन्तानमध्ये उनी सबैभन्दा कान्छा थिए ।

रजनीकान्तले सानैमा आफ्नी आमालाई गुमाउनुपरेको थियो । घरको हालत राम्रो थिएन । त्यसैले पनि उनले सबै खाले काम गरे । उनले कुल्लीदेखि कन्डक्टरसम्मको काम पनि गरे । बसमा टिकट काट्ने अनौठो अन्दाजका कारण ड्राइभर र कन्डक्टरबीच उनी निकै नै लोकप्रिय थिए ।

उनको कलाकार बन्ने सपना पूरा गर्नका लागि उनलाई साथी राज बहादुरले धेरै नै सहयोग गरे । उनैले नै मद्रास फिल्म इन्टिच्युटमा भर्ना हुन पनि मोटिभेट गराए । रजनीकान्तका लागि यो सबै गर्न त्यति सहज थिएन । त्यतिबेला केही साथी उनको सहयोगका लागि सामुन्ने आए । अभिनयसँगै उनले तमिल भाषा पनि सिके ।

यसैबीच रजनीकान्तको भेट फिल्म निर्देशक के. बालचन्द्रसँग भयो । उनले एक फिल्ममा रजनीकान्तलाई मौका थिए । उक्त फिल्ममा कमल हसन र श्रीदेवी पनि थिए । उक्त फिल्ममा उनको सानो र नेगेटिभ भूमिका थियो । फिल्मको नाम थियो – अपूर्वा रागनगाल ।

त्यसपछि दुईतीन वर्षसम्म उनलाई यस्तै रोलमात्र मिल्न थाले ।

नकारात्मक क्यारेक्टर तोड्दै उनले फिल्म ‘भुवन और केल्विकुरी’ मा देखिए । यो फिल्ममा मुथुरमम र रजनीकान्तको जोडीलाई दर्शकले रुचाए । त्यसपछि यी दुईले मात्र २५ फिल्ममा एकसाथ काम गरे ।

रजनीकान्तको फिल्म ‘बिल्ला’ बक्स अफिसमा एकदमै सफल भएको थियो, जुन सन् १९७८ को अमिताभ बच्चनको फिल्म डनको रिमेक थियो । यही फिल्मबाट उनले तमिल नाडु सरकारबाट बेस्ट एक्टरको अवार्ड पाएका थिए ।

रजनीकान्तले आफ्नो दश वर्षको करिअरमा १ सय फिल्ममा काम गरिसकेका थिए । फिल्ममा आउनुभन्दा पहिले उनले दुर्योधनको भूमिका निभाउँदै एक नाटकमा अभिनय गरेका थिए । उक्त भूमिका एकदमै चर्चित भएको थियो । अझ रजनीकान्तलाई पहिलोपटक तमिल फिल्ममा एनिमेसनका माध्यमबाट परिचय गराइएको थियो । उनले तमिल, हिन्दी, मलयालम, कन्नड, तेलुगु र बंगला फिल्ममा पनि काम गरेका छन् ।

करिअरको यो उमेरमा आउँदा रजनीकान्तको चर्चा भारतमा मात्र कायम भएको छैन, विश्वका धेरै देशमा उनको उत्तिकै चर्चा हुन थालेको छ । उनको क्रेज यति बढ्दै गएको छ कि, उनका पोस्टरमा जनताले दूध चढाउँछन् । उनलाई देवतालाई झैं पूजा गर्छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  १० : ५९ बजे

कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

कालीकोट– कालीकोट जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको

मकैको पातमा झरीको सङ्गीत !

प्रिय सोफिया,अविरल माया ।झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई

आज राष्ट्रिय धान दिवस, रोपाइँ गरेर मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज

विश्वकपमा ७२ खेल सकिँदा खतरनाक टिम बन्यो फ्रान्स, चर्चामा मेसीको जादू

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा भइरहेको विश्वकप

देशका धेरै भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल