पोखरेली साहित्यकार घिमिरेलाई राष्ट्रिय मुक्तक पुरस्कार | Khabarhub Khabarhub

पोखरेली साहित्यकार घिमिरेलाई राष्ट्रिय मुक्तक पुरस्कार


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखराका अग्रज साहित्यकार तेजनाथ घिमिरेलाई राष्ट्रिय मुक्तक पुरस्कार प्रदान गरिएको छ ।

शनिबार घिमिरेकै निवास पोखरा–३, नदीपुरमा आयोजना गरिएको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति, साहित्यकार सरुभक्तले नगद २२ हजार २२२ रुपैयाँ, दोसल्ला र ताम्रपत्रसहितको पुरस्कार घिमिरेलाई प्रदान गरे ।

साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित पुरस्कार मुक्तक मञ्च पोखराले हरेक २ वर्षमा नेपाली मुक्तकमा योगदान गरेका मुक्तककार, अनुसन्धानकर्ता वा मुक्तकसँग सम्बन्धित संस्थालाई प्रदान गरिँदै आएको छ ।

सो पुरस्कारबाट यसअघि कृष्णप्रसाद पराजुली, रत्नशमशेर थापा र सरुभक्त सम्मानित भइसकेका छन् ।

वि. सं. १९९६ असोज १ गते जन्मेका साहित्यकार घिमिरे ६ दशकभन्दा लामो समयदेखि साहित्य साधनामा क्रियाशील छन् ।

वि. सं. २०२२ सालमै गण्डकी बृहत् साहित्य सम्मेलनमा स्वर्ण पदक विजेता घिमिरे शिरोमणि सम्मानलगायतका साहित्यिक र शैक्षिक पुरस्कार र सम्मानबाट सम्मानित भएका छन् । उनका अनवारण मुक्तकमाला, देशकाल, कालचक्रलगायतका कृतिहरु प्रकाशित छन् ।

सम्मानित साहित्यकार तेजनाथ घिमिरेले स्रष्टाको दृष्टिले देखेका कुरा लेख्न नसकिने युगबाट देखेको लेख्न पाउने युगमा आउन पनि धेरै सङ्घर्ष गर्नुपरेको अनुभव सुनाए ।

अझै पनि कलमजीवीहरुलाई पूर्ण स्वतन्त्रता प्राप्त हुन नसकेको बताउँदै घिमिरेले यसका लागि सबै स्रष्टा एकजुट हुनुपर्ने धारणा राखे ।

कार्यक्रमका प्रमुख अतिथि सरुभक्तले उमेरले ८ दशक पार गरिसक्दा पनि साहित्य साधनामा लागिपरेका घिमिरेलाई सम्मान गरेर मुक्तक मञ्च आफैँ सम्मानित भएको धारणा राखे ।

घिमिरे उमेरले वृद्ध भए पनि सिर्जनाका हिसाबले युवावस्थामै रहेको उनको तर्क थियो । नेपाली मुक्तकका लागि मुक्तक मञ्चले पुर्‍याएको योगदानको प्रशंसा गर्दै सरुभक्तले अल्पविरामले राष्ट्रिय मुक्तक पुरस्कारको स्थापना गरेर थप टेवा दिएको बताए ।

साहित्यकाररसंस्कृतिकर्मी तीर्थ श्रेष्ठले घिमिरेका सम्पूर्ण रचनाहरु एकीकृत रुपमा प्रकाशन हुनुपर्ने धारणा राखे । पुरस्कारका संस्थापक विष्णु अल्पविरामले असल मुक्तककारको सम्मान गर्ने उद्देश्यले स्थापित पुरस्कार तेजनाथ घिमिरेजस्तो मूर्धन्य स्रष्टालाई प्रदान गर्न पाउँदा आफू हर्षित भएको बताए ।

सल्लाहकार दीपक समीपको संयोजकत्वमा पूर्वअध्यक्षद्वय कृष्ण देवकोटा र प्राञ्जल सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा घिमिरेलाई पुरस्कृत गरिएको हो ।

मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भरतराज पौडेलले स्वागत र सचिव श्रीराम अधिकारीले सञ्चालन गरेका थिए ।

सोही अवसरमा सम्पन्न ५९ औं नियमित मुक्तक वाचनमा भरतराज पौडेल, के.आर. ढकाल, अनिता दाहाल, अल्पविराम, लक्ष्मण थापा, विपिन आचार्य, कृष्ण देवकोटा, विकास गौचनलगायतले मुक्तक वाचन गरेका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ११ : २५ बजे

लोकमानलाई शक्तिहीन बनाउने ओमप्रकाशको अग्निपरीक्षा

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषदमा ओमप्रकाश अर्यालले गृह र कानून,

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुने

काठमाडौँ – अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद्‌

तातोपानी र रसुवागढी नाका सञ्चालनमा ल्याउन नसकेपछि मुस्ताङ भन्सार खोलियो

काठमाडौं– चीनसँगको वैदेशिक व्यापारका लागि प्रयोग हुँदै आएका सिन्धुपाल्चोकको तातोपानी

प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार जाँदै भारतीय राजदूत

काठमाडौँ – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव प्रधानमन्त्री सुशीला

झापामा एक सय ५२ भौतिक संरचनामा क्षति

सुरुङ्गा– जेनजी आन्दोलनका क्रममा झापामा १५२ वटा भौतिक संरचनामा क्षति