यस्तो हुन्छ चिसो मौसमको एलर्जी, यसरी बच्नुहोस् « Khabarhub

यस्तो हुन्छ चिसो मौसमको एलर्जी, यसरी बच्नुहोस्


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

मंसिरको अन्तिम साता लागेसंगै अहिले चिसो बढेको छ । चिसोको मौसममा धेरैलाई एलर्जीको समस्याले सताउने गर्दछ ।

चिसोमा लगातार नाक बग्नु, हाँच्छ्यिु आउनु र रुघाखोकी लाग्नु आफैमा एलर्जीको संकेत हुनसक्छ । सामान्यतया, एलर्जी हुनुमा हानिकारक भाइरस तथा व्याक्टेरिया मुख्य कारण हुनेगर्छ । विशेषगरी, चिसो वा जाडो मौसममा शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुने गर्छ ।

जसले गर्दा यस्ता भाइरस तथा व्याक्टेरियाले शरीरमा छिटै असर गर्दछ ।

चिसोको एलर्जी लक्षण
– नाक चिलाउनु
– आँखा चिलाउनु, रातो हुनु,
– आँखाबाट पानी बग्नु, सुन्निनु, पोल्नु
– लगातार हाच्छिँउ आउने,
– नाकबाट सिगान बग्ने नाक बन्द हुनु
– खोकी लाग्नु, दम बढ्नु
– टाउको भारी हुनु, शरीर दुख्नु
– घाँटी खसखसाउनु वा खोकी लाग्नु
– छाला रातो हुनु, चिलाउनु
– कान सुन्ने क्षमता कमी हुनु, कानमा समस्या,
– मुख वरिपरि सुन्निनु, खाना निल्न समस्या हुनु

बच्ने उपाय
चिसोको एलर्जीको धुलोधुवाबाट समेत हुने भएकाले सडकमा हिड्दा नाक मुख छोपर हिड्ने, सरसफाइ गर्दा भ्याकुम क्लिनरको प्रयोग गर्नु पर्दछ । आफुले प्रयोग गर्ने कपडा ओच्छ्यान ओसिलो हुनबाट जोगाउन समय समयमा घाममा सुकाउनु पर्दछ ।

घरमा जनावर छन् भने तिनको रौंबाट बच्नु पर्दछ । सकेसम्म घर पालुवा जनावरबाट टाढै रहनु पर्दछ । एकै पटक तातोचिसो खानु हुदैँन ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  १२ : ४० बजे

त्रिशूलीमा बस दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसले त्रिशूली नदीमा भएको बस दुर्घटनाप्रति गहिरो दुःख

क्वारेन्टिनमा कडाइ गर्दा स्वदेशी केराको माग बढ्यो

चितवन– सरकारले ‘क्वारेन्टिन’मा कडाइ गर्दा भारतबाट भइरहेको केरा आयात घटेपछि

पूर्वाधारमा बालेनका वाचा : झापा–५ का अधुरा योजना डेडलाइन तोकेरै सम्पन्न गर्ने 

काठमाडौं- झापा–५ का उम्मेदवार बालेन्द्र शाहले त्यस क्षेत्रका अधुरा योजना

काठमाडौं-५ का कांग्रेस उम्मेद्वार पौडेलको प्रतिबद्धता : मेडिकल हबदेखि डिजिटल इनोभेसन हबसम्म 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं ५ का प्रतिनिधि सभा

चार वर्षअघि एमाले छाडेका नेता भण्डारी एमालेमै फर्किए

दोलखा– नेकपा एमाले विभाजित भएपछि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका