राष्ट्रपति ट्रम्प समर्थित जुलुसमा हिंसा, चल्यो गोली « Khabarhub

राष्ट्रपति ट्रम्प समर्थित जुलुसमा हिंसा, चल्यो गोली


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा शनिबार निस्केका जुलुसमा छुरा प्रहार र गोली चलेको छ । चुनावमा धाँधली भएको भन्दै राष्ट्रपति ट्रम्पले निरन्तर आक्रोश व्यक्त गरिरहेको अवस्थामा उनको भनाईमा समर्थन जनाउँदै देशका विभिन्न शहरमा शनिबार प्रदर्शनहरु भएका थिए ।

तर राष्ट्रपतिको समर्थन र विपक्ष दुबैतर्फ प्रदर्शन हुन थालेका छन् । राष्ट्रपति ट्रम्पको विरोधमा पनि प्रदर्शन भएका छन् । गत नोभेम्बर ३ मा भएको चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी भएका छन् । तर, राष्ट्रपति ट्रम्पले अझै पनि हार स्वीकार गरेका छैनन् ।

वासिङटन राज्यको प्रहरीले ट्वीट गर्दै राज्यको राजधानी ओलम्पिया नजिक भएको पक्ष र विपक्षबीचको जुलुसमा गोली चलेको जनाएको छ । प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई गिरफ्तार गरेको छ ।

अमेरिकी राजधानी वासिङ्टन डिसीमा चार जना व्यक्तिमाथि छुरा प्रहार भएको र उनीहरु अस्पतालमा भर्ना भएका छन् । घाइते चारै जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकी अखबार न्यूयोर्क टाइम्सले उक्त घटनामा संलग्न रहेको आशंकामा २३ जनालाई पक्राउ गरिएको जनाएको छ ।

राष्ट्रपति ट्रम्पको पक्षमा ओलम्पिया, एटलान्टा र मिनेसोटाको सेन्ट पल, नेब्रास्का, अलाबामा र देशका अन्य भागमा पनि प्रदर्शनहरु भएका छन् ।

राजधानी वासिङटन डिसीमा भेला भएका प्रदर्शनकारीहरुले आफूहरु राष्ट्रपति ट्रम्पको पक्षमा निरन्तर जुलुसमा सहभागी हुने एएफपीलाई बताएका छन् ।

डिसीको प्रदर्शनमा सहभागी एक जना प्रदर्शनकारी ल्युक विल्सनले आफूहरु कुनै पनि हालतमा पछि नहट्ने बताए ।

राष्ट्रपतिको निर्वाचनमा जो बाइडेनले ३०६ इलेक्टोरल मत प्राप्त गरेका छन् भने राष्ट्रपति ट्रम्पले २३२ मत प्राप्त गरेका छन् । राष्ट्रपति ट्रम्पले चुनावमा व्यापक धाँधली भएको जनाउँदै निरन्तर आलोचना गरिरहे पनि राज्यका कैयौं निकाय र अदालतले ट्रम्पको दाबीलाई अस्वीकार गरेका छन् ।

पछिल्लो पटक अमेरिकी सर्वोच्च अदालतले पनि राष्ट्रपति ट्रम्पका तर्फबाट टेक्सासका महान्यायाधीवक्ताले चारवटा राज्यको मतगणना खारेज गर्न दिएको निवेदन खारेज गरिदिएको छ । राष्ट्रपति ट्रम्पले विस्कन्सिन, पेन्सिल्भेनिया, जर्जिया राज्यका लाखौं मतपत्र फर्जी भएको भन्दै त्यसलाई गणना नगर्न दबाब दिइरहेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ४ : २० बजे

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेश सरकारले यही असार १ गते सार्वजनिक गरेको

पर्वतमा आधुनिक बाल उद्यान निर्माण

पर्वत- बालबालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले पर्वतमा

प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष

चितवन- चितवनमा उत्पादित प्राङ्गारिक कृषिजन्य उत्पादनको बजारीकरणका लागि बिक्री कक्ष

मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण

काठमाडौं- पुरातत्व विभागले सांस्कृतिक एवं पुरातात्विक सम्पदाको गैरकानुनी रूपले हुने