देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहितामा कांग्रेस गम्भीर छ: देउवा « Khabarhub

देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहितामा कांग्रेस गम्भीर छ: देउवा


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रतिपक्षमा रहेका समयमा पनि जिम्मेवारपूर्ण व्यवहारका साथ देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहितामा गम्भीर रहेको बताएका छन् ।

उनले आज विज्ञप्तिमार्फत पार्टीले मुलुकलाई हरेक चुनौतीका घडीमा निकास र नेतृत्व दिएको तथा प्रतिपक्षका रूपमा निरन्तर शालीन, संवादमैत्री र जिम्मेवार भूमिका निर्वाह गर्दै आएको तर वर्तमान सरकारले त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गरेको आरोप लगाए ।

लामो संघर्षबाट स्थापना गरिएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रमार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु स्वाभाविक हक भएको बताउँदै उनले पार्टीले सडकदेखि संसद्सम्म अब सरकारलाई तीव्र दवाव दिई जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर सशक्त ढङ्गले अघि बढ्ने बताए ।

पार्टीले कोरोनाका कारण उपचार नपाएर आफन्तको मृत्यु भोगेका परिवार, बढ्दो महिला हिंसा र बलात्कारका घटनाले आक्रान्त समाज, खेतीका बेला मल नपाएर छट्पटिएको किसान, लकडाउनका बेला भोकका कारण सयौँ किलोमिटर पैदल हिँडेर गाउँ फर्किएका श्रमिक, व्यापार ठप्प हुँदा पनि राहत पुग्ने ढङ्गले कर छुट नपाएका, टाट पल्टिएका र आर्थिक चुनौती व्यहोरिरहेका साना व्यवसायीदेखि ठूला उद्योगीलगायतका पीडा र भावनालाई अब प्रखर ढङ्गले मुखरित र नेतृत्व गर्ने जनाएको छ ।

मुलुकका ७७ वटै जिल्लामा सोमबार पार्टीले आयोजना गर्ने देशव्यापी प्रदर्शनमा उत्साह र एकतासाथ भौतिक दूरी राख्दै शान्तिपूर्ण सहभागिताका लागि पनि उनले सबैमा आग्रह गरेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ३ : ४९ बजे

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच

सुनसरी घटनाप्रति राजेश हमालको चिन्ता, सामाजिक सद्भाव कायम राख्न अपिल

काठमाडाैं – महानायक राजेश हमालले सुनसरीमा भएको दुःखद घटनाप्रति गहिरो